२४ असार २०८१ सोमबार
image/svg+xml

बधशाला निर्माण सम्झौता अलपत्रः स्वस्थ मासु खाने पोखराबासीको सपना अधुरै

पोखरा महानगरपालिकाले गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग गरेको सम्झौता अनुसार बधशाला निर्माण गर्न सकेन। महानगरले तीनवर्षअघि नै एकवर्ष भित्र पशु बधशाला निर्माण गर्ने गरी मन्त्रालयसँग सहयोग लिने सम्झौता समेत गरेको थियो। तर आफैले गरेको सम्झौता अनुसार महानगरले बधशाला निर्माण गर्न असफल भयो। जसका कारण पोखरेलीले पहिलेजसरी नै मनलाग्दी ठाउँमा बध गरिएको मासु खान बाध्य छन्।

निकास खोसेर विकास चाहँदाको सकस

पोखरा महानगरपालिका–२५ हेम्जाको सुइखेत क्षेत्रको बस्ती यसअघि कहिल्यै वर्षायाममा डुबानमा परेको थिएन। अधिक वर्षा हुँदा कुनैवर्ष सिमित क्षेत्र मात्र सामान्य डुबानमा पर्दथ्यो। पानीको निकास सहज हुँँदा हेम्जाको म्याग्दीटोल, सुन्दरपुरी, खहरेटारीका बासिन्दा ढुक्कले निदाउँदे। तर, शुक्रबार रातीदेखि परेको अविरल वर्षाले त्यहाँको ठुलो बस्ती डुवानमा पर्‍यो। डुबानमा पर्दा बिस्थापित भएका गाउँले अझै घर फर्किन सकेका छैनन्।

पोखरा महानगरद्वारा ‘कृषि उपज ढुवानी सेवा’ सुरु

बजारभन्दा पर उत्पादित कृषिजन्य उत्पादन सहज ढुवानी नहुँदा थन्क्याउनुपर्ने बाध्यता किसानलाई पर्छ। उत्पादित कृषिजन्य वस्तु गाईवस्तुलाई आहारा बनाउनुपर्ने पीडा पनि नभएको होइन। अर्कोतिर बजार भाउ नपाउँदाको दुःख पनि उस्तै छ।

पोखरा महानगरको बजेटः खेलकुद प्रवर्द्धनात्मक कार्यक्रमलाई दुई करोड

पोखरा महानगरपालिकाले पोखरामा खेलकुद पूर्वाधार र प्रवर्द्धनात्मक कार्यक्रमलाई दुई करोड रुपैयाँ बजेट छुट्टाएको छ। छुट्टाइएको बजेट गत वर्षको भन्दा केही बढी हो।

पोखरा महानगरको नीति तथा कार्यक्रमः हरेक वर्षको पहिलो ६ महिनामा तीन हजार रोजगारी (पूर्णपाठसहित)

हरेक आर्थिक वर्षको पहिलो ६ महिनामा तीनहजार रोजगारी थप गर्ने योजना सहित पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको छ। महानगरका प्रमुख धनराज आचार्यले सीपसँगै रोजगारी र उद्यमशीलता विकास गर्न सक्षम पोखरा परियोजना संचालन गर्दै जाने नीति तथा कार्यक्रममा उल्लेख गरेका छन्।

‘समय खेर नफालि पोखरा बनाउन लगाउँछु’

पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित भएका छन्। सानो पार्टी, कमजोर संगठन भएको धरातलबाट नेकपा एमालेको लालकिल्ला भत्काउँदै मेयरमा निर्वाचित आचार्यबाट पोखरेलीले धेरै अपेक्षा राखेका छन्।

विकास योजनाको लागि क्लोज क्याम्प राख्ने छौंः नवनिर्वाचित मेयर धनराज

पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यले सपथ ग्रहणपछि पद बहालीसँगै काउन्ट डाउन सुरु हुने बताएका छन्। उनले आफ्नो काउण्टडाउनसँगै विकास योजनाको लागि क्लोजक्याम्प राख्ने स्पष्ट पारे। ‘तीन दिन दुई रातको हामी क्लोजक्याम्प गर्ने छौं।’

पोखरा महानगरपालिकाः चुनौतीका चाङले घेरिएका छन् मेयर धनराज

स्थानीय तहको निर्वाचनमार्फत पोखराले धनराज आचार्यको नेतृत्वमा नयाँ टिम पाएको छ। अघिल्लो स्थानीय तह निर्वाचनमा विजयी भएका मानबहादुर जिसीको कार्यकाल सकिएपछि महानगर सम्हाल्ने जिम्मा आचार्यको काँधमा आइपरेको हो। क्षेत्रफलका हिसाबले देशकै ठूलो महानगर पोखराले नयाँ नेतृत्व त पाएको छ, तर, पोखराभित्रका थुप्रै चुनौतीका चाङ आचार्य सामु ठडिएका छन्।

पोखरेलीको जीवनयापन सहज र सरल बनाउने कार्यक्रम ल्याउँछौँः आचार्य

पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले महानगरबाट सुशासनको प्रत्याभुत हुने गरी सेवा प्रवाह गर्ने आफ्नो पहिलो काम हुने बनाएका छन्।

एमालेका थापालाई हराउँदै पोखराको मेयरमा धनराज र उपमेयरमा मञ्जु विजयी

गएराति मध्यरातमा सम्पन्न मत गणनामा आचार्य नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ६ हजार ४५ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।

५ हजार मत गणना गर्न बाँकी छँदै पोखराको मेयरमा धनराज विजयी

पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य विजयी भएका छन्।

पोखराः ८६ हजार मत गन्दा धनराजलाई ३४ सय ४५ बढी

पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले निरन्तर अग्रता कायम राखेका छन्। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार ४ सय ४५ मत पुर्‍याएका हुन्।

पोखरामा धनराज ३३ सय ८७ मतले अगाडि

पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यको अग्रता निरन्तर छ। सुरुदेखि नै अग्रता कायम राखेका उनले अर्का उम्मदवारको भन्दा अहिलेसम्म ३ हजार ३ सय ८७ मत बढी पाएका छन्।

पोखरा एमालेमा ‘घात–अन्तर्घात’

पृथ्वीसुब्बा गुरुङले जे चाहेका थिएनन्, त्यही भयो। पोखरामा दीपक पौडेलले मेयरमा पाएको टिकट खोसियो। कृष्ण थापालाई उम्मेदवार बनाइयो। पौडेलको टिकट खोसिएपछि गुरुङ समूहले थापालाई असहयोग गर्ने रणनीति बनाएको खगराज अधिकारी पक्षको आरोप छ।

एमालेभित्रै अन्तरघात भएको हो त?

एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारी समूहबीच लामो समयदेखि टकराव छ। बेलाबेला उनीहरुबीच अस्वस्थ प्रतिष्पर्धा चल्ने गर्छ। त्यो प्रतिष्पर्धा अहिले पनि उत्तिकै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्