१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml

सरकारमा हुँदा सबैका पक्षमा काम गरेका छौँ: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनमा बढीभन्दा बढी स्थानमा जित्ने गरी अगाडि बढ्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

प्रधानन्यायाधीश जबरालाई न्यायपालिकामा पुनः स्वीकार गर्न सकिंदैन

नेपाल बार एशोसिएशनको १५औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन २०७८ ले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई न्यायपालिकामा पुनः स्वीकार गर्न नसक्ने घोषणा गरेको छ।

गोदावरी सम्मेलन केन्द्र: एक वर्षमा एक पटक मात्र प्रयोग

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बिना अध्ययन र तयारी तामझामका साथ शिलन्यास र उद्घाटन गरेको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र झण्डै एक वर्षको अवधिमा एक पटक मात्रै प्रयोगमा आएको छ।

प्रगतिशील लेखक संघको राष्ट्रिय सम्मेलन चैत २५ र २६ गते

नयाँ नेतृत्व चयनका लागि प्रगतिशील लेखक संघ नेपालको १२औँ राष्ट्रिय सम्मेलन आगामी चैत २५ र २६ गते काठमाडौँमा हुने भएको छ।

नीति र नेतृत्व

अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले विकास गर्न खोज्दा आफूलाई सरकारबाट हटाइएको भन्ने दाबी गर्दै आएका छन्। वास्तवमा यही कारणले एमाले सरकारबाट हटेको होइन भन्नेमा सर्वसाधारण जानकार छन्।

माओवादी केन्द्र महाधिवेशनः कमजोरीको आत्मसमीक्षा गर्छौं, दाहाल

माओवादी संघीयता, समानुपातिक समावेशिता, धर्मनिरपेक्षताजस्ता अजेन्डा स्थापित गर्न सफल भए पनि राजनीतिक शक्तिका हिसाबले भने कमजोर हुँदै गएको छ । कसरी यस्तो भयो, महाधिवेशनमा समीक्षा गरिने नेताहरूले बताएका छन्।

माओवादीको राष्ट्रिय सम्मेलन: सुरक्षा रणनीति परिवर्तन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पहिलो राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत गरिएपछि काठमाडौँको सुरक्षा रणनीति परिवर्तन गरिएको छ।

विनाशलाई अवसरमा बदल्न सफल भयाैंः प्रधानमन्त्री

नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन–२०७८ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सम्मेलनको समापन गरिएको हो। २०७२ वैशाख १२ को भूकम्पपछिको पुनर्निर्माणका उपलब्धी, अनुभव तथा सिकाइ आदानप्रदान गर्न सम्मेलनको आयोजना गरिएको हो।

भूकम्पपछिको पुनर्निर्माणमा दातृ निकाय सन्तुष्ट

२०७२ सालको भूकम्पमा ८ हजार ७ सय ९० जनाले ज्यान गुमाएका थिए। भूकम्पका कारण करिब सात खर्ब रूपैयाँबराबरको क्षति भएको थियो। प्राधिकरणले भूकम्पले क्षतिग्रस्त ६ हजार ६ सय ४७ विद्यालय, ७ सय ५१ स्वास्थ्य चौकी र ३ सय ८८ वटा सरकारी भवन निर्माण गरेको बताएको छ। त्यसैगरी ७ सय ६४ किलोमिटर सडक र १५ सय खानेपानीका संरचना निर्माण गरिसकेको छ।

राष्ट्रिय सम्मेलन तयारीमा माओवादीः २५ गतेभित्र प्रदेश सम्मेलन

माओवादी केन्द्रले अध्यक्ष, उपाध्यक्ष, महासचिव,सचिव र कोषाध्यक्षसहित बहुपद सिर्जना गरेको छ । २९९ सदस्यीय केन्द्रीय समिति, केन्द्रीय समितिको कुल सदस्या संख्याको बढीमा एकतिहाइ सदस्य रहेको पोलिटब्युरो र पोलिटब्युरोको कुल सदस्यको बढीमा एकतिहाइ सदस्य रहेको स्थायी समितिको व्यवस्था गरिएको छ।

१९ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै प्रवासी श्रमिकको राष्ट्रिय सम्मेलन सम्पन्न

प्रवासी श्रमिकको सम्मानजनक स्वदेश फिर्ती र दिगो पुनर्एकीकरण’ भन्ने मूल नाराका साथ बिहीबारदेखि राजधानीमा शुरु भएको स्वदेश फिर्ता प्रवासी श्रमिकहरूको राष्ट्रिय सम्मेलन १९ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।

‘स्वदेश फिर्ता प्रवासी श्रमिकको राष्ट्रिय सम्मेलन’ सुरु

सम्मेलनका विषयगत छलफलमा प्रतिनिधिसभाका सदस्य, आप्रवासनको क्षेत्रमा लामो समय शोध गर्दै आएका विज्ञ, सुरक्षित आप्रवासनका लागि पैरवी गर्दै आएका अभियानकर्मी, परराष्ट्र र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उच्च अधिकारीले सहभागिता जनाउनेछन्।

पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मंसिरमा हुने

अन्तर्राष्ट्रिय सम्मेलनको मूल नारा ‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ रहेको छ।सम्मेलनमा निजी आवास पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जीविकोपार्जन तथा आर्थिक पुनस्र्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमूलक प्रस्तुतिका साथै विषयगत गोष्ठीसमेत गर्ने कार्यक्रम रहेको छ।

अखिल छैठौँको राष्ट्रिय सम्मेलनमा विवाद

सुदूरपश्चिम प्रदेशबाट विभाजनको संघारमा पुगेको राष्ट्रिय जनमोर्चा पार्टीको भातृ संस्था अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौँ) २२औँ राष्ट्रिय सम्मेलन पनि विवादमा तानिएको छ।

पार्टीमा विचलनकै कारण मन्त्री बन्न लाइन लाग्योः केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ठूला दलमा देखा परेको राजनीतिक विकृती र विसंगतिको परिणामले मुलुक अनिर्णयको बन्दी बनिरहेको बताएका छन्। राजनीतिक पार्टीमा स्खलन हुँदा पदीय स्वार्थको खेल भइरहेको र त्यसले मुलुकलाई दुर्गतितिर धकेलिरहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्