२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रगतिशील लेखक संघको राष्ट्रिय सम्मेलन चैत २५ र २६ गते

नयाँ नेतृत्व चयनका लागि प्रगतिशील लेखक संघ नेपालको १२औँ राष्ट्रिय सम्मेलन आगामी चैत २५ र २६ गते काठमाडौँमा हुने भएको छ।

संघका अध्यक्ष प्राडा जीवेन्द्रदेव गिरीका अध्यक्षतामा शनिबार सम्पन्न केन्द्रीय समिति र तेस्रो राष्ट्रिय परिषद् बैठकले  सम्मेलनका लागि आयोजक समितिसहित विभिन्न उपसमिति गठन पनि गरेको छ। संघले व्यवस्थापन, प्रकाशन, स्रष्टा सम्मान, प्रतिवेदन मस्यौदा, विधान मस्यौदा, प्रचारप्रसार, स्वयंसेवक परिचालन र अतिथि सत्कार उपसमिति गठन गर्ने निर्णय गरेको छ। राष्ट्रिय सम्मेलनअघि आगामी फागुन महिनाभरि जिल्ला सम्मेलन र चैतको पहिलो हप्तासम्म प्रदेश सम्मेलन गरिने अध्यक्ष डा. गिरीले बताए।

सम्मेलन तयारीका सन्दर्भमा अन्य प्रगतिशील घटकहरूलाई पनि समावेश गर्न अध्यक्ष गिरीको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ। सो समितिका सदस्यमा पूर्व अध्यक्ष मातृका पोखरेल, महासचिव समीर सिंह, उपमहासचिव आरसी न्यौपाने र सदस्य शालिग्राम तिमिल्सिना रहेका छन्। प्रलेस मुलुकका सबै वाम घटकमा आबद्ध स्रष्टाको पुरानो संस्था हो।

प्रलेस प्रतिभा पुरस्कारको अक्षयकोषमा वृद्धि गर्न आनन्ददेव भट्टकी जीवन सङ्गिनीले  थप रु. दुई लाख तथा प्रलेस युवा प्रतिभा पुरस्कार स्थापनाका लागि अक्षयकोष स्थापनार्थ अध्यक्ष गिरीले रु. एक लाख प्रदान गरेकोमा बैठकले धन्यवाद ज्ञापन गरेको छ।  

प्रकाशित: १८ पुस २०७८ ०४:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App