८ आश्विन २०८१ मंगलबार
image/svg+xml

रसुवा भन्सार कार्यालयद्वारा करिब २७ अर्ब रुपैयाँ राजस्व संकलन

रसुवा भन्सार कार्यालयले पाँच वर्षमा करिब २७ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले आर्थिक वर्ष २०७२/७३ देखि नियमित कारोबार सुरु गरेको थियो। नाका सञ्चालन भएदेखि गत आर्थिक वर्ष २०७६/७७ को अन्तिमसम्म कार्यालयले २६ अर्ब ४ करोड ४६ लाख ७ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा २६ अर्ब ८६ करोड २६ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयको तथ्यांक छ।

भैरहवा भन्सार राजस्व: लक्ष्यको ६६ प्रतिशत असुली

भन्सार विभागले गत आर्थिक वर्षका लागि भैरहवा भन्सारलाई एक खर्ब ६ अर्ब राजस्व असुलीको लक्ष्य तोकेको थियो।

कर शिविरबाट २४ लाख राजस्व उठ्यो

करदाता सेवा कार्यालय गाईघाटले उदयपुरको कटारीमा आयोजना गरेको एकदिने ‘कर शिविर’मा २४ लाख राजस्व संकलन भएको छ ।

सवारी कारबाहीबाट २५ करोड राजस्व

गत आर्थिक वर्ष २०७६/७७ मा सवारीसाधन कारबाहीबाट २५ करोड १४ लाख १४ हजार पाँच सय रुपैयाँ राजस्व उठेको छ । लापरबाही सवारी चलाउने, लेन क्रस गर्नेलगायत ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कारबाही सो रकमबराबर राजस्व उठेको हो ।

कोरोनाले राजस्व प्रभावित : लक्ष्यको ५७ प्रतिशत मात्रै संकलन

कोभिड-१९ महामारी र लकडाउनबाट विराटनगर भन्सार कार्यालयको राजस्व प्रभावित भएको छ । आर्थिक वर्ष २०७६/७७ मा निर्धारित लक्ष्यको ५७ दशमलव १३ प्रतिशत मात्रै राजस्व संकलन भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

रसुवा भन्सारलाई ११ अर्ब ३३ करोड राजस्व असुलीको लक्ष्य प्राप्त

भन्सार विभागले रसुवा भन्सारलाई ११ अर्ब ३३ करोड राजस्व असुलीको लक्ष्य दिएको छ । चालु आर्थिक वर्ष २०७७/७८ का लागि विभागले कार्यालयलाई ११ अर्ब ३३ करोड ७५ लाख २९ हजार रुपैयाँ राजस्व असुलीको वार्षिक लक्ष्य दिएको हो ।

राजस्व छलीमा साढे ६ अर्बको मुद्दा

राजस्व छली गर्नेविरुद्ध एकै दिन साढे ६ अर्ब रुपैयाँको मुद्दा दायर भएको छ। राजस्व अनुसन्धान विभागले भन्सार छली र नक्कली मूल्य अभिवृद्धिकर बिजक प्रयोग गरेर राजस्व छल्नेविरुद्ध बुधबार ६ अर्ब ६० करोड रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो।

रसुवा भन्सारको वार्षिक लक्ष्य पूरा भएन ८५.५२ प्रतिशत राजस्व संकलन

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण रसुवा भन्सारले वार्षिक लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । करिब पाँच महिना रसुवागढी नाका बन्द हुँदा वार्षिक लक्ष्यको तुलनामा कम राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

राजस्व छल्नेविरुद्ध मुद्दा दायर

राजस्व अनुसन्धान विभागले नक्कली बिलमार्फत मूल्य अभिवृद्धिकर (भ्याट) छलेको आरोपमा विभिन्न व्यावसायिक फर्म र तीनका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ ।

राजस्व चुहावटमा पौने अर्बको मुद्दा

सरकारले राजस्व चुहावटमा कडाइ गर्दै गएको छ। राजस्व अनुसन्धान विभागले भन्सार चोरी पैठारी, झुटा तथा नक्कली मूल्य अभिवृद्धिकर बिल प्रयोग गरी राजस्व छली गर्नेविरुद्ध पौने अर्ब रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।

साढे ४६ करोड बिगो दाबी गर्दै मुद्दा दायर

राजस्व छली, सुन तस्करी, विदेशी विनिमय अपचलन गरेको आरोपमा राजस्व अनुसन्धान विभागले साढे ४६ करोड रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ। राजस्व छलीमा संलग्न तीन नेपाली र चार भारतीयसहित सातजनाविरुद्ध मुलुकका विभिन्न अदालतमा मुद्दा दायर गरेको हो।

चैतयता राजस्व संकलन शून्य

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण रसुवागढी नाका गएको माघ १५ गतेदेखि बन्द छ। नाका खोल्नका लागि व्यवसायीले पहल थालेका छन्। तर नाका कहिलेबाट खुल्छ भन्ने अझै निश्चित भएको छैन।

तीन महिनासम्म राजस्व संकलन शुन्य

कार्यालयले जेठ अन्तिमसम्ममा ८ अर्ब ८८ करोड राजस्व उठाउने लक्ष्य राखेको थियो । तर कार्यालयले हालसम्म ७ अर्ब ९८ करोड ४७ लाख मात्र राजस्व असुली गरेको छ । यो पनि चैत अगाडि नै उठेको हो । माघ महिना भन्दा अगाडि राजस्व संकलन भएअनुसार नाकामा नियमित कारोबार भइरहेको भए अहिलेसम्म वार्षिक लक्ष्य पूरा भइसक्ने देखिन्छ ।

जनप्रतिनिधिको ‘कमिसन’ खेल, सरकारी खातामा आउने राजस्व ठेकेदारलाई

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन आयोजनाबाट सिधैं सरकारी खातामा जम्मा हुने नदीजन्य पदार्थवापतको राजस्व भेरीगंगा नगरपालिकाले ठेकेदारलाई दिन लगाएको छ । आयोजनाले चालू आर्थिक वर्षमा प्रयोग हुने नदीजन्य पदार्थको मुल्याङ्कन गरेर पठाउन पटक–पटक आग्रह गरेपनि नगरपालिकाले आफ्नो खातामा नमगाएर ठेकेदारलाई दिन लगाएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्