२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुठौलीद्वारा ४७ करोड ९५ लाख राजस्व संकलन

सुठौली भन्सारले आर्थिक वर्ष ०७६/७७ मा ४७ करोड ९५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। गत आर्थिक वर्ष भन्सारका लागि ६२ करोड २१ लाख लक्ष्य तोकिएकामा त्यसको ७७ प्रतिशत मात्र राजस्व संकलन भएको हो। यसअघि आव ०७५/७६ मा ४४ करोड ७८ लाख राजस्व संकलन भएको थियो।  

भन्सार प्रमुख तिर्थराज पासवानका अनुसार लकडाउनका कारण राजस्व संकलनमा प्रभाव पारेको बताए। ८० प्रतिशतभन्दा बढी रकम कृषिजन्य सामग्री आयातबाट उठेको हो। सबैभन्दा बढी असारमा सात करोड ८८ लाख रुपैयाँ उठेको थियो। यस्तै जेठमा पाँच करोड ७६ लाख चैतमा चार करोड १७ लाख तथा वैशाख तीन करोड ४१ लाख उठेको थियो।  

कृषि शुल्क, सुधार शुल्क, पैठारी, अग्रिम आयकर, मूल्य अभिवृद्धि करलगायत शीर्षकमा रकम उठेको हो। आलु, प्याज, गहुँ, तरकारी फलफूललगायत सामान यो नाकाबाट नेपाल ल्याइने गरिन्छ। दुई वर्षअघि सरकारले सुठौलीलाई स्तरोन्नति गरी भन्सार कार्यालय बनाएको थियो।

प्रकाशित: २० श्रावण २०७७ ०२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App