२३ आश्विन २०८१ बुधबार
image/svg+xml

थप १७ जनालाई कोरोना संक्रमण, दुई महिने शिशु पनि संक्रमित

नेपालमा थप १७ जनालाई कोरोना संक्रमण भएको छ। उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। उनीहरु सबै पर्साका हुन्। ७ जना महिला र १० जना पुरुष छन्। यो सँगै संक्रमितको संख्या ९९ पुगेको छ।

कांग्रेसले बनायो 'अर्थतन्त्र केन्द्रित विशेष समिति'

नेपाली कांग्रेसले 'अर्थतन्त्र केन्द्रित विशेष समिति' गठन गरेको छ। पूर्व अर्थमन्त्री रामशरण महतको संयोजनकत्वमा समिति गठन भएको हो।

एम्बुलेन्समा कडाइ

जिल्ला प्रशासन कार्यालय सुर्खेतले बिरामी बोक्ने एम्बुलेन्सलाई पनि कडाइ गरेको छ । बिरामीको बहानामा अनावश्यक यात्रु ओसारपसार गरेर एम्बुलेन्सको दुरुपयोग भइरहेको गुनासो बढ्न थालेपछि प्रशासनले एम्बुलेन्समा बिरामी र एकजना मात्र बिरामीको कुरुवा एम्बुलेन्सले बोक्नु पर्ने सूचना जारी गरेको छ ।

भुल्केमा पहिले जँचाइएका सबैको ‘रिकन्फर्म’ परीक्षण सुरु

नुरी मस्जिद र आसपासका २८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित त्रियुगा नगरपालिका ३ भुल्केमा ‘रिकन्फर्म’ गर्न बुधबार दोस्रो पटक परीक्षण थालिएको छ । वैशाख ५ देखि ९ गतेसम्ममा १२ भारतीयसहित २८ जना संक्रमित पुष्टि भएको सो ठाउँमा कोरोना भए नभएको प्रष्ट हुन पुनःपरीक्षण कार्य लागिएको हो ।

भारतमा बस्न दिँदैन, नेपाल छिर्न दिँदैन हामी कहाँ जाउँ ?

बन्दाबन्दीका कारण नेपाल–भारत सीमाक्षेत्र जयनगरमा आएर सिरहाका ३१ जना मजदुरहरु रोकिएका छन। उत्तरप्रदेश राज्यमा मजदुरी गर्दै आएका उनीहरु १५ दिन पैदल हिँडेर जयनगरसम्म आइपुगेका हुन।

कोरोना मुक्त भएपछि कोशी अस्पताल विराटनगरबाट ६ जना डिस्चार्ज

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ६ जना कोरोना संक्रमितको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ। उदयपुरबाट उनीहरुसँग संक्रमित भेटिएपछि विराटनगर ल्याइएका अन्य ७ जनाको भने उपचार भइरहेको छ।

अहिलेसम्म नेपालमा कति जनाको करोना परीक्षण भयो ?

अहिलेसम्म पीसीआर विधिबाट १३ हजार ८ सय ५० जनाको कोरोना परीक्षण भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले आरडिटी विधिबाट ५२ हजार २ सय २७ जनाको परीक्षण भएको बताए।

सीमाबाट लुकेर नेपाल प्रवेश गर्ने क्रम रोकिएन

भारतको मदकोटबाट सीमा नदी महाकाली तरेर आएका बैतडीका १० र दार्चुलाका २ जनालाई गत हप्ता प्रहरीले नियन्त्रणमा लियो।

'परीक्षण कम हुँदा कोरोना भाइरसले झुक्याउँदै छ'

प्रदेश २ मा भारतबाट आएकाहरुबाट नै कोरोना संक्रमणको जोखिम देखिएको छ। पछिल्ला केहि सातामा मात्रै चोरबाटो हुँदै दुई हजारको हाराहारीमा नेपालीहरु भारतबाट फर्केका छन्। तर उनीहरुको पहिचान र कोरोना परीक्षणको गति भने निकै सुस्त छ।

एउटै टोलमा २२ जना कोरोना संक्रमित, नेपालगन्जमा संख्या २३ पुग्यो

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ महेन्द्रपार्कस्थित जोलहनपुर्वा टोलमा २२ जना कोरोना संक्रमित फेला परेका छन्।

मानव जीवनको रक्षाभन्दा ठूलो केही छैन: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जीवन र मानवताभन्दा ठूलो कुरा केही नभएको बताएका छन्।  ‘असंलग्न मुलुकहरुको कोभिड १९ विरुद्ध एकता’ विषयक ‘भर्चुअल’ सम्मेलनलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

आमिर खानले आँटाको प्याकेटमा पैसा बाँडेको भिडियोको सत्यता के हो ?

विश्व अहिले कोरोना महामारीसँग जुधिरहेको छ। विभिन्न ठाउँमा राहतका कार्यक्रम आएका छ। कतै सरकारी तवरबाट त कतै व्यक्तिगतरुपमा राहत बाँडिएको छ।

यार्सा पाइने बुकीपाटन सुनसान

विगतका वर्षमा यतिबेला रुकुम तथा डोल्पाका बुकीपाटनमा सर्वसाधारणको भीडभाड हुने गथ्र्याे । यतिबेला यार्सा टिप्ने समय भएकाले रुकुम तथा अन्य जिल्लाका सार्वसाधारण पाटनमा पुग्ने गर्थे ।

अमेरिकामा ११ लाख ७८ हजार संक्रमित, ६८ हजार ९ सयको मृत्यु

मेरिकामा मात्र कोरोना संक्रमितको संख्या करिव १२ लाख पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयले जनाए अनुसार ११ लाख ७८ हजार ९ सय ६ जना संक्रमण देखिएको छ।

‘हिम्मत र हौसलाले कोरोना जितेर फर्किएँ’

कतारमा कोरोना भाइरसको संक्रमण भएको पूष्टी हुँदा खोटाङका तिलाबहादुर खत्री निकै डराए । बिश्वभर आतंक फैलाइरहेको कोरोनाले लाखौं मान्छेको ज्यान लिइसकेको सुने/बुझेका खत्री आत्तिनु स्वभावित पनि थियो । तर, कोरोना संक्रमण भए पनि धेरैजना संक्रमित निको भएको उनले सुनेका थिए । त्यही सम्झेर खत्रीले ‘आफू पनि निको हुन्छु’ भन्ने हिम्मत बटुलेर अस्पतालको क्वारेन्टाइनमा उपचारमा बसे । नभन्दै २१ दिनको उपचारपछि खत्री कोरोनालाई पराजित गरेर सोमबार डिस्चार्ज भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्