२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

एम्बुलेन्समा कडाइ

वीरेन्द्रनगर- जिल्ला प्रशासन कार्यालय सुर्खेतले बिरामी बोक्ने एम्बुलेन्सलाई पनि कडाइ गरेको छ । बिरामीको बहानामा अनावश्यक यात्रु ओसारपसार गरेर एम्बुलेन्सको दुरुपयोग भइरहेको गुनासो बढ्न थालेपछि प्रशासनले एम्बुलेन्समा बिरामी र एकजना मात्र बिरामीको कुरुवा एम्बुलेन्सले बोक्नु पर्ने सूचना जारी गरेको छ ।

यसले एम्बुलेन्समा बिरामी र बिरामीको कुरुवा मात्र बोक्ने हुँदा अन्य मान्छे आवतजावतमा रोकिने अपेक्षा गरिएको छ । कोभिड–१९ अर्थात् कोरोना भाइरस रोकथाम तथा न्यूनीकरणका लागि सरकारले चैत ११ गतेदेखि बन्दाबन्दी (लकडाउन) लगाएपछि यातायात बन्द छन् । यातायातका साधन बन्द हुँदा केही सर्वसाधारण भने नक्कली बिरामी बनेर एम्बुलेन्समा बढी चाप हुने गरी एक ठाउँबाट अर्काे ठाउँ जाने गरेका थिए ।

यसले कोरोना भाइरसको संक्रमण फैलिन सक्ने जोखिम कम गर्ने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पदमलाल लामिछानेले जानकारी दिए । एम्बुलेन्समा अन्य यात्रु राखी ओसारपसार गरी दुरुपयोग गरे कानुनबमोजिम कारबाही गरिने उनको भनाइ छ ।

प्रदेश ५ को प्रमुख सहर नेपालगन्जमा कोरोना भाइरसका संक्रमित देखिएपछि प्रदेश सरकार र स्थानीय प्रशासनले थप कडाइ गरेका छन् । एकसातासम्म सीमा नाका पूर्णरूपमा बन्द (सिल) गर्ने निर्णय प्रदेश सरकारले निर्णयसमेत गरेको छ ।

प्रकाशित: २४ वैशाख २०७७ ०६:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App