२३ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

मानव जीवनको रक्षाभन्दा ठूलो केही छैन: प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जीवन र मानवताभन्दा ठूलो कुरा केही नभएको बताएका छन्।  ‘असंलग्न मुलुकहरुको कोभिड १९ विरुद्ध एकता’ विषयक ‘भर्चुअल’ सम्मेलनलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

ओलीले मानव जीवन र इतिहासको चुनौतीपूर्ण यो समयमा विश्व समुदायलाई एक बनाउन असंलग्न मुलुकहरुको संख्यात्मक र नैतिक बलको सदुपयोग गर्नुपर्नेमा जोड दिए। उनले अहिले कोरोनाले मानवता संकटमा परेको बताए। 

ओलीले कोरोना भाइरसले मानव क्षमताको परीक्षण गरेको र कमजोरीलाई उजागर गरेको उल्लेख गर्दै यसले विश्व व्यापार, र यात्रामा बाधा उत्पन्न गराइरहेको बताए। उनले कोरोनाले उद्योग–व्यवसाय ध्वस्त बनेको, रोजगारी गुमिरहेको र शिक्षा प्रणालीमा समेत बाधा उत्पन्न भइरहेको बताउँदै लाखौं मानिस गरिबीको चपेटामा पर्न सक्ने चिन्ता व्यक्त गरे। 

ओलीले अर्थतन्त्रमा सुधार ल्याउन ल्याउन सकिने, प्रविधिलाई सुदृढ बनाउन सकिने, पुनः समृद्ध समाज निर्माण गर्न सकिने तर मानव जीवनमा पुगेको क्षतिलाई पुनर्जिवित गर्न नसकिने भन्दै जीवन अन्य कुराभन्दा पहिले आउने बताए। उनले कोरोनासँग नेपालले कसरी लडिरहेको छ भन्नेबारे पनि सदस्य मुलुकलाई जानकारी गराए।

उनले असंलग्न मुलुकले बहुपक्षवाद र विश्वव्यापी सहयोगमार्फत कोरोनालाई पराजित गर्नुपर्नेमा जोड दिए। असंलग्न मुलुकहरुले कोरोनासँग लड्नका लागि स्थापना गर्ने कार्यदलको पनि ओलीले स्वागत गरे। सम्मेलन १८बुँदे घोषणा जारी गर्दै सम्पन्न भएको छ।

प्रकाशित: २३ वैशाख २०७७ ०३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App