६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

अमेरिकामा ११ लाख ७८ हजार संक्रमित, ६८ हजार ९ सयको मृत्यु

काठमाडौं- अमेरिकामा मात्र कोरोना संक्रमितको संख्या करिव १२ लाख पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयले  जनाए अनुसार ११ लाख ७८ हजार ९ सय ६ जना संक्रमण देखिएको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अमेरिकामा अधिक छ। अहिलेसम्म अमेरिकामा ६८ हजार ९ सय २० जनाको मृत्यु भएको छ। न्यूयोर्कमा मात्रै १९ हजार भन्दा बढीले ज्यान गुमाएका छन्।

विश्वभर अहिले कोरोना संक्रमितको संख्या ३६ लाख ४५ हजार पुगेको छ। सन् २०१९ को डिसेम्बर अन्तिम सातादेखि चीनको वुहानमा कोरोना भाइरस देखिएको थियो। भाइरसबाट सबैभन्दा बढी अमेरिका प्रभावित बनेको छ। कोरोना भाइरस नियन्त्रणको लागि अमेरिकाले बजेटको १४ प्रतिशत रकम आर्थिक प्याकेजमा खर्च गरेको छ।

 

प्रकाशित: २३ वैशाख २०७७ ०२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App