१३ पुस २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

दुहवीमा ६६ प्रतिशत जनसंख्या कुपोषणको जोखिममा

सुनसरीको दुहवी नगरपालिका क्षेत्रमा ६६ प्रतिशत जनसंख्या कुपोषणको जोखिममा रहेको छ । बढी समस्या बालबालिकामा देखिएको छ ।

यसका लागि नगरपालिकाले सघन सामूदायिक पोषण प्रवद्र्धन सुधार तथा पुनस्र्थापना कार्यक्रम दुई वर्षदेखि सञ्चालन गरि रहेको स्वास्थ्य शाखा प्रमुख विन्देश्वरप्रसाद महत्तोले बताए । कुपोषणबाट सवैभन्दा बढी प्रभावित मुसहर समूदायका छन् । मुसहर समुदायमा ९८ प्रतिशत खाद्य असुरक्षा रहेको छ ।

बालबालिकाको पोषण आमा र घर परिवारसँग जोडिएको हुन्छ । अर्कातिर आमामै खाद्य असुरक्षा बढ्दा दूध पनि राम्रोसँग नआउने र अरु पोषिलो खानेकुरा पनि खुवाउन नसक्दा समस्या बढेर जटिल हुन पुगेको हो । छ महिनासम्म आमाको दुधमात्र खुवाउने हो भने पनि धेरै शिशुलाई कुपोषणबाट बचाउन सकिन्छ ।

मुसहर समूदायको सघन बसोबास रहेको स्थान वडा नं। १, २, ३, ७, ८, ९, १०, ११ र १२ रहेको छ । यस क्षेत्रका मुसहर समुदायमा कुल ९.६ प्रतिशत बालबालिका रहेका छन् । यीमध्ये अधिकतमा कुपोषणको समस्या देखिएको छ ।

यस्तै, मुस्लिम, झागड र चौधरी समूदायका बालबालिकामा पनि कुपोषण देखिएको छ । मुस्लिम समुदायमा १९।२ प्रतिशत, झागड समूदायमा ६।५ प्रतिशत र चौधरी समुदायमा २२।३ प्रतिशत बालबालिका रहेका छन् । मुस्लिम समूदायको बाहुल्यता रहेको वडा नं। १, २, ४ ८ र  ९ हुन् । यस्तै, झागड समूदायको बाहुल्यता रहेको वडा नं। १०, ११ र १२ हुन् ।

अहिलेसम्म नगरपालिकाले एक हजार ८७ जना कुपोषित बच्चाको पहिचान गरि  उपचार गरेकामध्ये ८० प्रतिशतमा सुधार भएको  छ । तर, एकपटक सुधार भएको बच्चाको पोषणमा सुधार हुन नसक्दा फेरि दोहोरिने भएकाले समग्र चेतनास्तरमा पनि सुधार आउनुपर्ने आवश्यकता छ । नगरपालिकाभित्र बर्सेनि एक हजार दुई सय हाराहारी वालबालिका थपिने गरेका छन् ।

नगरपालिकाले अघिल्लो आर्थिक वर्ष कुपोषित वच्चाको पहिचान गर्न सात लाख ५० हजार र पोषण सामग्री खरीद गर्न १५ लाख बजेट छुट्याएकोमा यस वर्ष पनि सोहीअनुसारको बजेट छुट्याएको  छ ।

नगरपालिकाकातर्फबाट समूदायमा थप सचेतनामूलक कार्यक्रम पनि सञ्चाललन गर्नुपर्ने आवश्कता छ । साथै, अरु थप कार्यक्रम अघि सार्नुपर्ने आवश्कता रहेकाले सहयोगी संस्थासँग सहयोगका लागि आह्वान गरिएको स्वास्थ्य शाखा प्रमुख महत्तोले बताए ।

प्रकाशित: १२ पुस २०८१ १८:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App