२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

जुम्ला एकसाताका लागि ‘लकडाउन’

विश्वर कोराना भाइरस (कोभिड– १९) महामारीको रुपमा फैलिएकाले नियन्त्रणको लागि जुम्लामा एक हप्ता ‘लकडाउन’ गर्ने निर्णय भएको छ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले चैत १० देखि १६ गते सम्म जुम्लालाई ‘लकडाउन’ गर्ने निर्णय गरेको हो।

बन्द उद्योगमा अस्थायी उपचार कक्ष बनाइँदै

कोरोना भाइरस (कोभिड– १९) को संक्रमण देखिएका व्यक्तिहरूलाई राखेर उपचार गर्नको लागि सिमरामा अस्थायी अस्पताल (उपचार कक्ष) निर्माण गर्ने लागिएको छ। विरगञ्ज –पथलैया औद्योगिक करिडोर अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका – २ मा बन्द रहेको तार जाली र गर्मेन्ट उद्योगलाई नै अस्थायी अस्पताल बनाउन लागिएको हो।

कोरोना सचेतना : सर्वसाधारणलाई हात धुन सडकमा सावुनपानी

कोरोना भाइरस (कोभिड–१९) को महामारिबारे कोहि भ्रमपूर्ण अफवाह फैलाउँदै छन। कोहि महामारी नियन्त्रणका लागि दिलोज्यानले लागिपरेका छन्। कारोना नियन्त्रणका लागि काठमाडौंको पाको न्यूरोडबाट व्यवसायी विवेक शर्माले सुरुवात गरेको हात धुने अभियान अहिले काठमाडौंसँगै बाहिर जिल्लाहरुमा समेत फैलिँदै छ।

गढीमाई नगरपालिकाले यात्रीलाई बाँड्यो मास्क

विश्वभर कोरोना भाइरस (कोभिड–१९) महामारीको रूपमा फैलिरहेको अवस्थामा जिल्लाबासीलाई सचेत गराउन गढीमाई नगरपालिकाले मास्क वितरण गर्दै हात धुन सिकाएको छ। नगरभित्रका विभिन्न चोक तथा गरूडा नगरपालिकाको मुख्य चोकमा गढीमाई नपाले हजारौँ मास्क वितरण गर्नुका साथै  स्यानेटाइजरले हात धुन पनि सिकाएको हो।

कोरोनाविरुद्धको पूर्वतयारीमा स्थानीय तह

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनका लागि खोटाङका स्थानीय तहले आ–आफ्नो तयारी थालेको छ। विश्वभर फैलिरहेको कोरोनाको संक्रमण जिल्लामा पनि फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै स्थानीय तहले पूर्व तयारी र पूर्व सचेतताका उपाय अपनाउन थालेको हो।

बाल स्वास्थ्यको आकस्मिक सेवा निःशुल्क दिइने

बाल शल्यचिकित्सक (पेडियाट्रिक सर्जन) डाक्टर सुशील ढुङ्गेलले जनरल सर्जरी र बाल स्वास्थ्यको आकस्मिक स्वास्थ्य सेवा आवश्यक परेमा नि:शुल्क सेवा लिन सक्ने जानकारी दिएका छन्।

नेपालीलाई फर्काउने खबर सत्य होइन : नेपाली दूतावास युएई

युएईमा कार्यरत नेपालीहरुलाई सामुहिक रूपमा घर फर्काउन लागिएको समाचारको अबुधाबीस्थित नेपाली दूतावासले खण्डन गरेको छ।

सम्भावित संक्रमण, अन्योलपूर्ण तयारी

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका बिरामीको उपचारका लागि प्रदेश २ मा पाँचवटा ‘हब’ अस्पताल छनोट गरेको जनाएको छ। यी हब अस्पतालहरूमा क्रिटिकल केयरसहितको एक सय ५० वटा आइसोलेसन वार्ड तयार गरिएको छ, गरिँदै छ।

कोरोना जोखिम न्यूनिकरण गर्न ६ वटा कार्यदल, सीमा बन्द गर्न भारतसँग कुटनीतिक पहल

सरकारले कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम न्यूनिकरणका लागि ६ वटा कार्यदल बनाएको छ।

सेनाका पाँच हजार स्वास्थ्यकर्मी तयारी अवस्थामा

नेपाली सेनाले कोभिड–१९ को जोखिम नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारसँग समन्वय गरी योजना बनाउने काम अघि बढाएको छ। साथै सेनाले सो जोखिम रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारलाई आवश्यक सहयोग गर्ने जनाएको छ।

वेलायतमा एक नेपालीको मृत्यु, कोरोनाको आशंका

वेलायतका एक जना नेपालीको मृत्यु भएको छ। उनको मृत्युको कारण कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको छ। लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा भर्ना भएका संखुवासभाका लीलाबहादुर राईको निधन भएको हो।

कोरोनाबाट बच्न सचेतना अपनाऔं : नेकपा

पाल कम्यूनिष्ट पार्टी (नेकपा) खोटाङले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट सर्वसाधारणलाई बचाउनका लागि सचेत रहन आग्रह गरेको छ। शुक्रबार विज्ञप्ती जारी गर्दै नेकपाले कोरोनाको प्रकोपबाट बच्न र बचाउनका लागि जिल्लामा आवश्यक पहल गर्न स्थानीय तह, प्रशासन, सरकारी निकाय, स्वास्थ्य संस्था, राजनैतिक दल, संघसंस्था लगायत मातहतका निकायलाई आग्रह गरेको छ।

सञ्चारकर्मीलाई निवासबाटै काम गर्ने व्यवस्था मिलाउन महासंघको आग्रह

नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को जोखिमलाई ध्यानदिँदै सञ्चारकर्मीलाई घरबाटै कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानलाई आग्रह गरेको छ। केन्द्रीय समितिको बैठकले सञ्चारकर्मीका लागि सुरक्षित वातावरण तयार पार्न, समयमै पारिश्रमिक प्रदान गर्न तथा निवासबाट कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानलाई आग्रह गर्ने निर्णय गरेको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिए।

कोरोनाको बहानामा सबै ध्वंश नहोस् : नेता जोशी

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नविन्द्रराज जोशीले कोरोना भाइरस (कोभिड– १९)को सम्भावित जोखिम रोक्ने नाममा चालिएका कदमले निम्त्याउँने असरबारे पनि आवश्यक निर्णय लिन सरकारसँग माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्