४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

बन्द उद्योगमा अस्थायी उपचार कक्ष बनाइँदै

कोरोना भाइरसको संक्रमण देखिएहरूको उपचार गर्न सिमरामा सञ्चाल गरिने अस्थायी उपचार कक्ष निर्माणमा खटिएको सेनाका जवानहरू।

बारा – कोरोना भाइरस (कोभिड– १९) को संक्रमण देखिएका व्यक्तिहरूलाई राखेर उपचार गर्नको लागि सिमरामा अस्थायी अस्पताल (उपचार कक्ष) निर्माण गर्ने लागिएको छ। विरगञ्ज –पथलैया औद्योगिक करिडोर अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका २ मा बन्द रहेको तार जाली र गर्मेन्ट उद्योगलाई नै अस्थायी अस्पताल बनाउन लागिएको हो।

जितपुरसिमरा उपमहानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्री प्रहरी लगाएत  विभिन्न संघ संस्थाको सहयोगमा बन्द रहेको उद्योगको सरसफाई गरि अस्थायी उपचार कक्षको लागि शुक्रबार देखि नै जन शक्ति परिचालन गरिएको जितपुरमा रहेको नेपाली सेनाका २८ नम्बर बाहिनीको बाहिनीपति अनुपजंग थापाले बताएका छन्।
बन्द उद्योगको सरसफाई र समान्य मर्मत गरे पछि शुरुमा ५० बेडको क्वारेन्टइन र २६ बेडको आइसोलेसन गरेर ७६ बेडबाट सेवा शुरु गर्ने लक्ष्य लिएको बाहिनीपति थापाले बताए।

अस्थायी उपचार कक्ष निर्माणमा खटिएको जनशक्ति र त्यसमा प्रयोग हुने समाग्रीको व्यवस्थापन गरेर बढिमा बुधबारबाट सेवा शुरु गर्ने गरि प्रक्रिया अगाडि बढाउने बाहिनीपति थापाको भनाई छ। 
सेवा सुचारू गरेपछि भाइरसको संक्रमणको आशंक व्यक्तिहरूको संख्या बढ्दै गएमा त्यमा दुई सय बेडसम्मको आइसोलेसन र क्वारेन्टइनको व्यवस्था गर्न सकिने थापाले बताए। भाइरसका बिरामी देखिएमा आइसोलेशन र क्वारेन्टाइनमा राखेर उपचार गर्नेको लागि सिमराको साथ साथै वीरगञ्ज भन्सार कार्यालय नजिकै रहेको केडिया डेण्डल अस्पतलमा समेत ५० बेडको क्वारेन्टान पनि तयारी गर्न लागिएको थापाको भनाई छ।

‘भारतको बिभिन्न राजयहरुमा कोरोना भाइरसको संक्रमण दिन दिनै बढदै गएको र त्याहा रहेका नेपालीहरु घर फर्किरहेकाले कोरोना संक्रमण भित्रिन सक्ने उच्च जोखिम रहेको छ,’ थापाले भने, ‘वीरगञ्ज नाकाबाट नेपाल  आउने कोरोना संक्रमीतको प्रारम्भिक जाँच गर्ने र शंकास्पद देखिएमा उपचार गर्नको लागि सिमरा र वीरगन्ज्मा सञ्चालन हुने अस्थायी उपचार कक्ष उपयोगी हुने छ।’

सिमरामा सञ्चालन गरिने कोरोना भाइरसको संक्रमीतको उपचार कक्षमा आवश्यक पर्ने औषधी, उपकरणहरुको व्यवस्थापन जितपुरसिमरा उपमहानरपालिकाको पहलमा गर्न बताइएको छ।
जितपुरसिमरा उपमहानगरपालिका प्रमुख डा.कृष्ण पौडेलले सञ्चालन गर्न लागिएको अस्थायी उपचार कक्षमा प्रयोग हुने बेड लगाएतको समाग्री र उपकरणको व्यवस्थापन गर्न यस क्षेत्रको उद्योगी, व्यवसयी र समाजसेवीहरूसँग पहल गरिएको बताएका छन्।

प्रकाशित: ९ चैत्र २०७६ ११:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App