२० चैत्र २०८२ शुक्रबार
image/svg+xml

धुलो र तुवाँलोले आजित स्थानीयद्वारा राजमार्ग बन्द : चिनियाँ कम्पनीकोलापर्बाहीले जनजीवन कष्टकर

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार वायुमण्डलमा पिएम २.५ को स्तर वार्षिक सरदर ५ माइक्रोग्राम प्रतिघनमिटर तोकिएको छ। हावामा रहेका धुलोका सूक्ष्म कणहरूलाई पिएम २.५ भनिन्छ। कमलादेखि कञ्चनपुरसम्मको एयर क्वालिटी पिएम २.५ भन्दा कम छ।

आज यस्तो छ सुन र चाँदीको मूल्य

यता चाँदीको मूल्यमा भने आज प्रतितोला ५० रुपैयाँले वृद्धि भएको छ। हिजो प्रतितोला चार हजार ७८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर चार हजार ८३० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

आँबुखैरेनी गाउँपालिकाले आफैँ आर्थिक स्रोत जुटाएर समस्तिपुर–गिरन्चौर र हिलेखर्क–बरादी चार किलोमिटर सडक कालोपत्रसहितको स्तरोन्नति थालेको छ।

गृहमन्त्री गुरुङको कार्यालयमै सुतेको फोटो भाइरल: ‘जनताभन्दा माथि सरकार हुँदैन’

फेसबुकमार्फत सार्वजनिक गरिएको उक्त फोटोलाई एक घण्टामा एक लाखभन्दा धेरैले मन पराएका छन् भने ८ हजार बढीले प्रतिक्रिया दिएका छन्। फोटोसँगै उनले लेखेका छन्, ‘निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन।’

‘समानता’ नाटक प्रदर्शन तथा दुई कलाकार सम्मानित

सर्वनाम थिएटरले ४५ वर्ष प्रवेश गरेको अवसरमा ‘समानता’ नाटक प्रस्तुत गरेकाे छ।

एक दिनको पैदल यात्रा अब २ घण्टामै: गुर्जामा पुग्यो सडक र गाडी

गाडी चल्न थालेपछि गुर्जाबाट दुई घण्टा ३० मिनेटमा गाउँपालिकाको केन्द्र मुना, पाँच घण्टामा बेनी र सात घण्टामा पोखरा पुग्न सकिने भएको छ। यसअघि गुर्जादेखि मुना पुग्न पूरै दिन पैदलयात्रा गर्नुपर्ने अवस्था रहेको स्थानीय गोर्खा छन्त्यालले बताए।

अंग्रेजी विषयको उत्तरपुस्तिका परीक्षण सुरु

एसइई परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्ने निर्णय कार्यान्वयनमा ल्याउन देशभरिका एक हजार नौ सय ६१ परीक्षा केन्द्रमा उत्तरपुस्तिका परीक्षण सुरु भएको छ।

विराट गोल्डकपमा भिड्दै नेपाल र भारतका ८ टोली

काठमाडौंपछि पहिलो पटक विराटनगरमा फ्लड लाइट राखेर फुटबल प्रतियोगिता आयोजना गरिएको थियो। सुरुवातमा बाँसको ‘फ्रेम’ बनाएर सुरुवात गरेको लाइट अहिले स्थायी संरचनाबाट रात्रिकालीन फुटबल प्रतियोगिता हुन थालेको हो।

जेनजी आन्दोलनको मौका छोपेर फरार दुई थुनुवा पक्राउ

फरार भएका लेटाङ नगरपालिका-३ का २४ वर्षीय सुवर्ण राई र २१ वर्षीय सुमन राईलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी लीलाराज लामिछानेले जानकारी दिए।

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट १६ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ।

वर्षौंदेखि अलपत्र कर्णाली राजमार्गका १० रुग्ण ठेक्का तोडिए

यसअघि पूर्वऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए।

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

सो अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१ प्रतिशतले वृद्धि भई रु १० अर्ब १५ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले बढेको थियो।

डुम्रे-बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

भानु नगरपालिका-३ कुकुर्दीदेखि तुरतुरेसम्मको सडक विस्तारका निम्ति यही चैत २१ देखि ३० गतेसम्म दैनिक आठ घण्टा सडक अवरुद्ध गरी काम गर्न लागिएको हो।

यस्तो छ आज कृषि उपजको थोक मूल्य

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २० र आलु रातो (भारतीय) प्रतिकिलो रु २३ रहेको छ।

प्रहरीले कर्मचारी पक्राउ गरेको भन्दै प्रदेशभर यातायात ठप्प, यात्रुहरू अलपत्र

हिल्सा, देउती नागरिक, सुन्दर कर्णाली, कोटीला, सुर्खेत काँक्रेविहार, हाम्रो कर्णाली, भिजिट कर्णाली, मध्यपश्चिम, बुलबुले, सिद्धपाइला, मप जिप लगायत १३ वटा यातायात समितिहरूको संयुक्त बैठकले यो निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्