२० चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

‘समानता’ नाटक प्रदर्शन तथा दुई कलाकार सम्मानित

सर्वनाम थिएटरले ४५ वर्ष प्रवेश गरेकाे अवसरमा ‘समानता’ नाटक प्रस्तुत गरेकाे छ। रङ्गकर्मकाे यात्रामा सर्वनाम ४५ वर्ष पुगेकाे अवसरमा विविध कार्यक्रम गरेकाे हाे।

प्रस्तुत समाना नाटकले महिलामाथि हुने शाेषण, दमन  र घरभित्रको सीमितता प्रस्तुत गरेकाे थियाे। नाटकले शिक्षाबाट समानताको बाटो खुल्ने बताएकाे छ।

कार्यक्रममा काव्य मञ्चन, चित्रकला प्रदर्शनी र रामायण गायन प्रस्तुत गरिएकाे थियाे।

काठमाडाैं कालिस्थानस्थित थिएटरमा कार्यक्रम भएकाे हाे। कार्यक्रममा चित्रकला प्रदर्शनीसमेत गरिएको थियाे। ‘सिर्जना आर्ट अफ फाइन आर्ट्स’ का ‘अलुम्नाई’हरूका चित्रकला थिएटरमा प्रदर्शन गरिएको थियाे।

त्यस्तै कार्यक्रममा गायिका लोचन भट्टराईले ‘रामायण’ गाएकी थिइन्। कार्यक्रममा अभिनेत्री उषा रजक र कलाकार मनोज महर्जनलाई सर्वनाम सम्मान अर्पिएकाे थियाे।

सम्मानित अभिनेत्री उषा रजकले साथीहरूकाे साथसहयाेग र मायाले याे क्षेत्रमा सक्रिय हुँदै आएकाेमा खुसी पाेखिन्।

कार्यक्रममा प्राडा सावित्री कक्षपतिले सरकारको सहयोगबिना ४५ वर्षसम्म सर्वनाम चलाएकाे बताइन्। उनले कार्यक्रम मार्फत सरकारसमक्ष राम्राे नीति बनाएर सहजीकरण गरिदिए पुग्ने बताएकी थिइन्।

प्रकाशित: २० चैत्र २०८२ १०:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App