मोरङको इलाका प्रहरी कार्यालय पथरीबाट भदौमा फरार भएका २ जना थुनुवा पक्राउ परेका छन्। भदौ २४ गते भएको जेनजी आन्दोलनको मौका छोपेर उनीहरु फरार भएका थिए।
फरार भएका लेटाङ नगरपालिका-३ का २४ वर्षीय सुवर्ण राई र २१ वर्षीय सुमन राईलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी लीलाराज लामिछानेले जानकारी दिए। फरार भएका उनीहरु गाउँघरमा लुकिछिपी बसेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पथरीको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो।
दुवै जना लागुऔषध मुद्दाका थुनुवा हुन्। दुवै जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ।
प्रकाशित: २० चैत्र २०८२ ०९:४४ शुक्रबार





