२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सप्तरीमा ६ सय ४ को आरडिटी

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा सप्तरीमा हालसम्म ६ सय ४ जनाको र्‍यापिड डाइग्नोटिक टेष्ट (आरडिटी) गरिएको छ । जसमध्यै ६ सय जनाको रिपोर्ट निगेटिभ आएको छ भने ४ जनाको पोजेटिभ आएको हो । पोजोटिभ आएका ४ मध्ये पनि तीन जनाको पिसिआर रिपोर्ट निगेटिभ आएको तथा एक जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

११ दिनमै कोरोना जितिन् पानाले

कोरोना भाईरस (कोभीड १९) बाट संक्रमित कैलालीको लम्कीचुहा नगरपालिका वाडा नं १ की पाना बि.क. ११ दिनमै कोरोनालाई जितेर घर फर्केकि छन।

पाँच सय ८६ सर्वसाधारण नगर भित्रिए

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले शहरमा बसिरहेको अवस्थामा ‘लकडाउन’का कारण समस्यामा परेका नगरबासीलाई घर ल्याउन थालेको छ । विभिन्न कामको सिलसिलामा काठमाडौं उपत्यकामा बसिरहेको अवस्थामा गरिएको ‘लकडाउन’का कारण समस्यामा परेका सर्वसाधारणलाई नगरपालिकाले बसको व्यवस्था गरेर घरसम्म ल्याउन सुरु गरेको हो । बुधबार साँझ काठमाडौंबाट १२ वटा बसमार्फत पठाइएका ५८६ सर्वसाधारण बिहीबार बिहान खोटाङको प्रमुख नाका जयरामघाटमा आइपुगेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

१५ जनाको आरडिटि रिपोर्ट ‘नेगेटिभ’

खोटाङको साकेला गाउँपालिकाका १५ जनाको नोबेल कोरोना भाइरस (कोभिड–१९)को र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) रिपोर्ट ‘नेगेटिभ’ आएको छ । गत चैत यता विभिन्न देशबाट घर फर्किएपछि क्वारेन्टीन र होम क्वारेन्टीनमा राखिएका साकेला गाउँपालिकाका सबै जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट रिपोर्ट ‘नेगेटिभ’ आएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

लकडाउनको एक महिना पुग्दा बल्ल कोरोना परीक्षण प्रयोगशालाका लागि अध्ययन थालियो

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को नेपालमा संक्रमण फैलन नदिन गरिएको लकडाउनको एक महिना पुग्दा डडेल्धुरामा परिक्षणका लागी प्रयोगशाला स्थापना गर्न बल्ल अध्ययन थालिएको छ । सुदूरपश्चिम प्रदेशको मध्यभागमा रहेको डडेल्धुरामा कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि अध्ययन सुरु भएको हो ।

भारतीय सुरक्षाकर्मीकै गाडीमा ल्याउँदै दशगजामा मानिस छाड्दै

कोरोना भाइरस (कोभिड–१९)को जोखिम हुन नदिन सरकारले सीमा नाकामा कडाइ गरेपनि रातीको समयामा भारतीय सुरक्षाकर्मीले नेपालीहरुलाई दशगजामा ल्याएर छाड्ने गरेका छन्।

सभामुख सापकोटाद्धारा स्वास्थ्य सामाग्री बितरण

प्रतिनिधिसभाका समामुख अग्निप्रसाद सापकोटाले आफ्नो निर्वाचन क्षेत्रमा कोरोना भाइरस नियन्त्रणका लागि अत्यावश्यक पर्ने स्वास्थ्य सामाग्री बितरण गरेका छन्।

उदयपुरमा कोरोना संक्रमितको संख्या २८

बुधबार थप ३ जनामा कोरोना भाईरस (कोविड–१९) संक्रमण पुष्टि भएसँगै उदयपुरमा संक्रमितको संख्या २८ पुगेको छ। वैशाख ५ गते भुल्के मस्जिदमा रहेका १२ भारतीयमध्ये ११ र एक नेपालीमा पहिलो संक्रमण पुष्टि भएको थियो।

तिब्बत सरकारले पठायो मेडिकल उपकरण

कोरोना भाइरसको संक्रमण रोक्न तिब्बत सरकारले नेपाललाई अनुदानमा सवा आठ करोड रुपैयाँ बराबर मूल्यका अत्यावश्यक मेडिकल उपकरण तथा सामाग्री उपलब्ध गराएको छ।

थप ३ जनामा कोरोना, संक्रमितको संख्या ४५ पुग्यो

थप तीन जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा तीन जनामा कोरोना देखिएको बताए।

विपी राजमार्ग हुँदै चार हजार बढी यात्रु गाँउगाँउमा पुगे

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९ ) को जोखिम नियन्त्रणको लागि सरकारले देश लकडाउन गरेको छ।  सरकारले एक जिल्लाबाट अर्को जिल्लामा आवातजावत गर्न समेत रोक लगाएको समयमा विपी राजमार्ग हुँदै सयौं यात्रु घरतर्फ गएका हुन्।  स्थानीय जनप्रतिनिधिहरुकै अगुवाईमा काठमाडांैबाट सम्बन्धित स्थानीय तहमा धमाधम यात्रु ओसारिएको हो। काठमाडौंमा बस्दा समस्या परेका मजदुरलाई उद्धार गरिएको भन्दै जनप्रतिनिधिहरुले सयौ यात्रु गाँउगाँउ पठाएका छन्।

कोभिड नियन्त्रणमा प्रविधि

कोभिड–१९ ले आधुनिक स्वास्थ्य विज्ञानमा उब्जाएको सवाल भनेको भविष्यमा स्वास्थ्य सेवा लिने र दिनेका बीच अत्यावश्यक अवस्थामा बाहेक प्रविधि (टेलिहेल्थ वा टेलिमेडिसिन) कोप्रयोग गर्नेतर्फ लाग्नुपर्ने सन्देश हो ।

मासुको मूल्यमा मनपरी

लकडाउनको समयमा भक्तपुर बजारमा मासुको मूल्यमा मनपरी देखिएको छ । भक्तपुर नगरपालिका बजार अनुगमन समितिको निर्णय अनुसार संयोजक राजकृष्ण गोराको संयोजकत्वमा सरोकारवालाहरुको सहभागितामा जगाती क्षेत्रको मासु पसल अनुगमनका क्रममा यस्तो देखिएको जनाइएको छ ।

कोरोना जितेर घर फर्केका युवा भन्छन्, ‘आत्मबल नै मुख्य औषधि रहेछ’

कोरोना भाईरस (कोभीड १९) को संक्रमित धनगढी उपमहानगरपालिका वानं ५ का अमृत शाही निको भएर घर फर्केका छन। उनी सुदूरपश्चिममा पहिलो र नेपालको चौथो संक्रमित हुन। उनको नमुना जाँच गर्दा नेगेटिभ आएपछि उनी २९ दिनमा अस्पतालवाट घर फर्केका हुन।

उदयपुरमा थप ९ जनामा कोरोना संक्रमण

मंगलबार ९ जनामा कोरोना संक्रमण भएसंगै संक्रमितको संख्या ४० जना पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेमा उदयपुरका ३३ वर्षीय एक पुरुष सहित अन्य ८ जना रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्