२१ आश्विन २०८१ सोमबार
image/svg+xml

एम्बुलेन्स चालकलाई परामर्शसहित स्वास्थ्य सामग्री वितरण

कोरोना भाइरस (कोभिड–१९) का सम्भावित संक्रमित बोक्ने एम्बुलेन्सका चालकलाई परामर्शसहित व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरिएको छ।

भोकै पशुचौपायालाई लायन्सले खुवाउन थाल्यो दानापानी

विश्वभर फैलदै गैरहेको कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि नेपाल सरकारले गरेको लकडाउनका कारण मानिसहरु एकान्त बासमा बसेका छन्। बेनीबजारमा रहेका होटल, रेष्टुरेन्ट, तरकारी पसल लगायत अन्य विभिन्न पसल बन्द भएपछि दुई दिनमा दुईवटा गाईगोरू रोग र भोकले मर्न थालेपछि लायन्स क्लव बेनी पिसले दाना खुवाउन सुरू गरेको छ।

चारै जनाको रिपोर्ट कोरोना नेगेटिभ

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण आशंकामा आइसोलेसन वार्डमा उपचाररत सबै चारै जनाको रिपोर्ट नेगेटिभ आएको छ।

कपिलवस्तुमा कोरोना अशंकामा मृत्यु भएका भरको दाहासंस्कार गर्ने पैसा पुगेन

कोराना भाइरसको आशंकामा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बिजयनगर गाउँपालिका– २ जलैयाका गार्भधन भरको आर्थिक समस्याका कारण दाहासंस्कार गर्न समस्या भएको छ। आईसुलशेनमा राखेर उपचारको क्रममा उनको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। उनको स्वाब परीक्षण पछि उनमा कोरोना भाइरसको संक्रमण रिपार्ट नेगेटिभ देखिएको छ।

कोरोनाको ‘डेडिकेटेड’ लागि ताप्लेजुङमा २ वटा एम्बुलेन्स तयारी अवस्थामा

जिल्ला एम्बुलेन्स सञ्चालक समिति बुधबार बसेको बैठकले सम्भावित कोभिड-१९ को ‘डेडिकेटेड’ लागि ताप्लेजुङमा सञ्चालित २ वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ। जिल्ला एम्बुलेन्स सञ्चालक समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको अध्यक्षतामा बसेको बैठकले ताप्लेजुङ जिल्ला अस्पताल र ग्रामीण सेवा मञ्चद्धारा सञ्चालित एम्बुलेन्सलाई कोभिड १९ को ‘डेडिकेटेड’ एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेको हो।

डोल्पाली किसानलाई धानको बीउ राख्ने चटारो

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि सरकारले  लकडाउनको गरेको १६ औं दिन पुगेको छ। देशका मुख्य बजार र सडक लकडाउनका कारण सुनसान छन्। तर हिमाली जिल्ला डोल्पाका ग्रामीण बस्तीका बासिन्दा लकडाउनको समयमा खेतीपातीमा ब्यस्त देखिन्छन्। उनीहरूलाई खेतीपातीको कामले भ्याईनभ्याई छ। त्रिपुरासुन्दरी नगरपालिका– १ त्रिपुराकोटका रूपबहादुर खत्री लगायत त्रिपुराकोटका बासिन्दाहरू  खेत खोनजोत गर्दै थिए।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण हुने

कोरोना भाइरसको संक्रमण भए/नभएको पुष्टि गर्नका लागि दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्कालै परीक्षण ल्याब सञ्चालन हुने भएको छ। प्रतिष्ठानका अनुसार कोरोना भाइरस परीक्षण गर्ने ल्याब बिहिवार काठमाडौंबाट आउँदै छ। ‘ बिहिवारको फ्लाईटबाट कोरोना संक्रमण पुष्टि गर्ने ल्याब आउँदै छ,’ प्रतिष्ठानका उपकुलपती डा. संगिता भण्डारीले भनिन् ‘त्यो सामान आउनासाथ हामीहरुले सेवा सुरू गरिहाल्छौं।’

ताप्लेजुङमा कोरोना नियन्त्रणका लागि ९ स्थानीय तहका जनप्रतिनिधिले करिव ४२ लाख सहयोग

ताप्लेजुङका ९ स्थानीय तहका जनप्रतिनिधिले करिव ४२ लाख रूपैयाँको कोष खडा गरि कोरोना भाइरस रोकथाम तथा नियन्त्रण लागि योगदान गर्ने भएका छन्। सबै स्थानीय तहका प्रतिनिधिले कम्तिमा महिना दिन बराबरको आफुले पाउने सुविधा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्।

कोरोना सामनाका लागि सिर्जनात्मक सोच

कोभिड–२०१९ का कारण संसार आक्रान्त छ। गत डिसेम्बरबाट सुरु भएको यो भाइरसले ७० हजारभन्दा बढीको ज्यान लिइसकेकोछ भने करिव १० लाखभन्दा बढीलाई संक्रमित तुल्याएको छ।

वीरगन्जमा कोरोना विशेष अस्पतालको तयारी

अधिक जनघनत्वसहितको सीमावर्ती सहर वीरगन्जमा कोरोना (कोभिड–१९) भाइरसको संक्रमण नियन्त्रणका लागि पूर्वाधार अभाव तत्कालका लागि टर्ने देखिएको छ। यहाँस्थित एक सय बेडको सुविधासम्पन्न वीरगन्ज हेल्थकेयर अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने प्रस्ताव अघि सारिएको छ। यसका लागि विज्ञसहितको टोलीले मंगलबार सम्भाव्यता अध्ययन गरेको छ।

हेल्थ डेस्कमा २४ सै घण्टा स्वास्थ्यकर्मी

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन शुक्लागण्डकी नगरपालिकाद्धारा सञ्चालित हेल्थ डेस्कमा २४ सै  घण्टा स्वास्थ्यकर्मीसहित सञ्चालन गरिन्छ। नगरपालिकाको प्रवेशद्धार वडा नम्बर ७ शेराटारमा पृथ्वीराजमार्ग हुँदै  विदेशबाट आउने नगरवासीबाट संक्रमण फैलने जोखिम भएकाले उनीहरुको स्वास्थ्य परिक्षण गर्न २४ घण्टा रहेको डेस्क सञ्चालन गरेको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए। डेस्कमा दुई जना स्वास्थ्यकर्मी, नेपाल प्रहरी र आर्मीका दुई/दुई जना सुरक्षाकर्मी खटिएका छन्।

चालु आवमै सकिने दुई सय पुल अर्काे वर्ष धकेलिने निश्चित

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्न सरकारले देश लकडाउन गरेसंगै चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न हुने लक्ष्य राखिएका दुई सयभन्दा बढी पुलको निर्माण कार्य प्रभावित भएका छन्।

कन्ट्रयाक्ट ट्रेसिङ ९० प्रतिशत पुरा

शनिबार यता २ सय ५५ जनाको कोरोना परीक्षण गरिएको छ। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले परीक्षणको दर बढेको बताए। शनिबारसम्म १ हजार ४ सय ४१ जनाको परीक्षण गरिएको थियो।

छोराछोरी बोर्डिङ पढाउनेलाई राहत नदिइने

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको तीन साता लामो लकडाउनका कारण विहान बेलुकाको छाक टार्न  मुस्किल परेका मजदुर र विपन्न वर्गलाई देशभरका स्थानीय तहले राहत वितरण गर्न थालेका छन्। घाँटीमा सुनको बाला हातमा आईफोन लिएर राहात थाप्न जानेहरुको चर्चा चल्न थालेको छ यतिबेला । हुदाँ खानेलाई दिन लागिएको राहतमा हुने खानेहरुको पनि कुदृष्टि परेकाले तनहुँको भानु नगरपालिकाले भने छोराछोरी बोर्डिङ पढाउने परिवारलाई राहत नदिने भएको छ।

कोरोनाको आशंकामा डोटीबाट दुईको स्वाब पठाइयो

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको आशंकामा डोटीका दुई जनाको ‘थ्रोट स्वाब’ परीक्षणका लागि धनगढी पठाइएको छ। दिपायल सिलगढी नगरपालिकाका १८ वर्ष र २० वर्षको उमेरका दुई जनाको स्वाब मंगलबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएको जिल्ला अस्पताल डोटीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्