२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

कपिलवस्तुमा कोरोना अशंकामा मृत्यु भएका भरको दाहासंस्कार गर्ने पैसा पुगेन

श्रीमानको मृत्यु पछि दाह सस्कारका लागि कपिलवस्तु अस्पताल परिसरमा सहयोगको याचना गर्दै मृतककी श्रमती।

कपिलवस्तु – कोराना भाइरसको आशंकामा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बिजयनगर गाउँपालिका– २ जलैयाका गार्भधन भरको आर्थिक समस्याका कारण दाहासंस्कार गर्न समस्या भएको छ। आईसुलशेनमा राखेर उपचारको क्रममा उनको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। उनको स्वाब परीक्षण पछि उनमा कोरोना भाइरसको संक्रमण रिपार्ट नेगेटिभ देखिएको छ।  

लामो समयदेखि क्षयरोगका विरामी रहेका उनको क्षय रोग र निमोनियाका कारण मृत्यु भएको अस्पतालको भनाई छ। मृतक भरको परिवारको आर्थिक अवस्था कमजोर भएकोले दाहासंस्कार गर्न संकट परेको हो। श्रीमानको शव बुझ्न अस्पताल आएकी मृतककी श्रीमती चम्पाले आर्थिक अवस्थाले गर्दा दाहसंस्कार गर्न समते पैसा नभएको बताइन्। शव लैजान समेत पैसा नभए पछि आफन्तको सहयोगमा शव लान खोजेका थिए। 

आफूसंग भएको पाँच हजार श्रीमानको उपचारमा खर्च भएको उनले बताईन। ‘आफन्तको सहयोगमा अस्पतालबाट श्रीमानको शव उठ्यो तर दाह संस्कार गर्ने पैसा पुगेन’, उनले विलौना गाउँदै भनिन्, ‘अब परिवार कसरी पाल्ने? मलाई जस्तो शत्रुलाई पनि नहोस्।’  

एक धुर जमिन सम्म नरहेका मृतक भरले गाउंमा ज्यालादारी गर्दै परिवार पालेका थिए। तर भरको मृत्यु भएपछि उनको परिवारमा ठुलो आर्थिक संकट परेको छ। आर्थिक संकटको यो घडीमा मृतक भरकी पत्नी चम्पाले काजक्रियाको कार्य सम्पन्न गराउन सबैसंग आर्थिक सहयोगका लागि याचना गरेकी छिन्। 

 बिजयनगर गाउँपालिकाका प्रमुख गोपाल थापाले मृतक भर अति विपन्न परिवारको भएकोले मृतक भरको दाह संस्कार गर्न  सहयोग गर्ने बताए। मृतक पविारलाई राहत स्वरुप गाउपालिकलो २० हजार सायेग गर्ने उनले घोषणा छ। 
 

प्रकाशित: २६ चैत्र २०७६ १०:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App