२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कोरोनाविरुद्ध लड्न दश लाखको विपद् कोष स्थापना

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को उच्च जोखिमलाई मध्यनजर राख्दै डोल्पाको ठुलीभेरी नगरपालीकाले कोरोना नियन्त्रण पूर्व सतर्कताको लागि विपद् व्यवस्थापन कोष स्थापना गरेको छ। वर्तमान विषम परिस्थतीमा बसेको नगरपालिकाको कार्यपालिका बैठकले दश लाखको विपद् व्यवस्थापन कोष स्थापना गरेको हो।

उदयपुरका थप ८ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

कोरोना भाइरस (कोभिड–१९) संक्रणको आशंकामा उदयपुरका थप ८ जनाको स्वास्थ्य परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ। जिल्ला अस्पतालले दुई दिनअघि परीक्षणका लागि बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको ८ जनाको खकार (स्वाब)को रिपोर्ट मंगलबार नेगेटिभ आएको जनाएको छ।

क्वारेन्टाइनमै बिसु पर्व

नयाँ वर्षसँगै बैशाख १ गते सुदूरपश्चिमेलीहरुले बिसु पर्व धुमधामसँग मनाउने गरेका छन्। लकडाउनकै कारण सीमानाका नखुल्दा सीमा पारी भारतको विभिन्न क्वारेन्टाइनमा बसेका नेपाली नागरिक बिसु क्वारेन्टाइनमा मनाउनु पर्ने बाध्यतताले चिन्तित छन्।

उदयपुरका चार स्थानीय तहलाई सेभ द चिल्ड्रेनको सहयोग

कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम गर्न उदयपुरका ४ स्थानीय तहलाई दातृ निकाय सेभ द चिल्ड्रेनको साझेदार बाल विकास समाज (सिडिएस) उदयपुरले आवश्यक स्वास्थ्य सामग्री उपब्ध गराएको छ। त्रियुगा र कटारी नगरपालिका तथा ताप्ली र उदयपुगढी गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो।

स्वाथ्य स्वंयसेविका भन्छन् : ‘सुरक्षित हुनुपर्‍यो काम गर्छाै’

घिरिङ गाउँपालिका–३ शान्ति थापा ग्रामिण महिला स्वाथ्य स्वंयसेविका हुन्। ५ वर्षदेखि उनले घरगाउँमा स्वास्थ्य सचेतना फैलाउदै प्राथमिक उपचारमा सघाउदै आएकी छन्। हप्ता दिन पहिला कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बच्नलाई सचेतना फैलाउन घिरिङ गाउँपालिकाले स्वास्थ्य स्वंयसेविकालाई खटायो। शान्तिले गाउँपालिका स्वास्थ्य शाखाले प्रशिक्षण दिएअनुरुप आफ्नो कार्यक्षेत्रको प्रत्येक टोलमा पुग्दै कोरोनाको लक्षण, यसबाट बच्ने तरिकाबारे जनाकारी गराईन्।

माछा मारेर परिवार पाल्ने २० परिवारलाई राहत

कोशी टप्पु वन्य जन्तु आरक्ष आसपासका माछा मारेर परिवार पाल्ने २० परिवारलाईं मंगलबार राहत वितरण गरिएको छ। कोशी टप्पु वन्य जन्तु आरक्षका वार्डेन रामदेव चौधरीले व्यक्तिगत रुपमा राहत प्रदान गरेका हुन्।

‘स्वाब’ लिन सेनाको टोली आएन

क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना भाइरस (कोभिड–१९)को परीक्षणका लागि ‘थ्रोट स्वाब’ लिन नेपाली सेनाको टोली मंगलबार डोटीमा आउने कार्यक्रम थियो। यो खबर सञ्चार माध्यमबाट सुनेका शिखर नगरपालिका–१० को सिद्धेवर माध्यामिक विद्यालयको क्वारेन्टाइनमा रहेकाहरु विहानैदेखि व्यग्र प्रतिक्षामा थिए।

मन्त्री बस्नेतको पहलमा जाजरकोटमा पुग्यो स्वास्थ्य सामग्री

वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत  विभिन्न स्वास्थ्य सामग्रीहरू जाजरकोट पुगेका छन्। विश्वभर महामारीको रुपमा  फैलिएको कोरोना भाइरस (कोभिड –१९) को जोखिम नियन्त्रणको लागि जाजरकोट अस्पताल तथा  स्थानीय तहहरुले सञ्चालन गरेका अभियानहरुमा साथ दिनका  लागि मन्त्री बस्नेतले संकलन गरेका सामाग्रीहरु  मंगलबार  जाजरकोट पुगेका हुन्।

कोरोना परीक्षणका लागि भक्तपुर अस्पतालमा पीपी बुथ

भक्तपुर अस्पताल दूधपाटीमा मंगलबारदेखि कोरोना भाइरस (कोभिड-१९) परीक्षणका लागि पीपी बुथ राखिएको छ। अस्पतालको इर्मजेन्सी वार्डको बाहिर बुथ राखिएको हो। डा. महाविर पुन अध्यक्ष रहेको राष्ट्रिय अनुसन्धान केन्द्र र अमेरिका नेपाल मेडिकल फाउण्डेशनको सहयोगमा काठमाडौं बिल्डर्स प्रालि भक्तपुरले बुथ बनाएको हो।

कालोबजारी आरोपमा जगदम्बा स्टिलका सञ्चालक अग्रवाल पक्राउ

शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले कालोबजारीको आरोपमा उनलाई नक्सालबाट पक्राउ गरेको हो।

कपिलवस्तुमा साढे ५ करोड बढीको राहत कोष

जिल्लाका गरिब तथा विपन्न परिवारलाई राहत दिने भएको छ। कपिलवस्तुमा गरिब तथा विपन्न परिवारको लागि राहत कोष ५ करोड ६४ लाखको राहत कोष खडा गरिएको हो।  सो रकम  जिल्लाका १० वटै पालिकाले बनाएको राहत कोष हो। सो कोषबाट २२  हजार विपन्न परिवारलाई राहत वितरण गर्न लागिएको हो।

वडाध्यक्ष र वडासदस्यको सेवा सुविधाबाट मास्क र सावुन वितरण

खोटाङको बराहपोखरी गाउँपालिका–४ फाक्टाङ वडा कार्य समितिले स्थानीयलाई मास्क तथा हात धुने सावुन वितरण गरेको छ।

भरतपुरको प्रयोगशालामा परीक्षण गरिएको २१ नमूना नेगेटिभ

भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा पहिलो पटक परीक्षण गरिएका २१ वटा नमूना नेगेटिभ देखिएको छ।

खोटाङमा क्वारेन्टाइनमा बस्नेको संख्या १७ पुग्यो

खोटाङमा क्वारेन्टाइनमा बस्ने स्थानीयको संख्या १७ पुगेको छ। हलेसी तुवाचुङ नगरपालिकामा सबैभन्दा बढि ९ जनालाई क्वारेन्टाइनमा राखिएको छ। दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ५ जना, केपीलासगढी गाउँपालिकामा २ जना र साकेला गाउँपालिकामा १ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

गुल्मीका  ५ जनाको स्वाब परीक्षण गर्न भैरहवा पठाईयो

कोरोना संक्रमणको आशंकामा गुल्मी जिल्लाका पाँच  जना को स्वाब परीक्षण गरिने भएको छ। जिल्लाको रेसुंगा नगरपालिका, मुसिकोट नगरपालिका र सत्यवती गाउँपालिकामा क्वारेन्टाईमा रहेका पाँच जनाको स्वाब संकलन गरेर परीक्षणका लागि मंगलवार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाईएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्