२१ असार २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोरोनाविरुद्ध लड्न दश लाखको विपद् कोष स्थापना

डोल्पा- विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को उच्च जोखिमलाई मध्यनजर राख्दै डोल्पाको ठुलीभेरी नगरपालीकाले कोरोना नियन्त्रण पूर्व सतर्कताको लागि विपद् व्यवस्थापन कोष स्थापना गरेको छ। वर्तमान विषम परिस्थतीमा बसेको नगरपालिकाको कार्यपालिका बैठकले दश लाखको विपद् व्यवस्थापन कोष स्थापना गरेको हो।

लकडाउनको कारण खाद्य संकटमा परेका विपन्न, अपाङ्ग, बृद्धबृद्धा र एकल महिलाहरुको लागि तत्काल नगरपालिकाले राहत वितरण गर्ने निर्णय समेत गरिएको मेयर गणेशबहादुर शाहीले बताए। ठुलीभेरी नगरपालिका ९ का वडाअध्यक्ष विरमल भण्डारीले देश विपत्तिमा परेको अवस्थामा जनतालाई घरघरमा सिंहदरवार पुगेको महशुस हुने गरि काम गरिने बताए।

लकडाउनको कारण दैनिक उपभोग्य बस्तुको अभावमा संकटमा परेका जनतालाई संघीय सरकारले उपलब्ध गराएको नमुना राहत प्याकेजलाई पनि हेरफेर गरेर वितरण गरिने भनाई मेयर शाहीको छ। वडास्तरमा सरकारले घोषणा गरेको लकडाउनलाई र्पूर्णरुपमा पालना गरि आफू र अरुलाई बचाऔ भन्ने सन्देशमुलक प्रचारप्रसार गरिनुका साथै एक वडाबाट अर्को वडामा आवतजावत गर्न समेत रोक लगाएको नगरपालिकाले जनाएको छ।

प्रकाशित: २५ चैत्र २०७६ ११:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App