२१ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

११ दिनमै कोरोना जितिन् पानाले

धनगढी- कोरोना भाईरस (कोभीड १९) बाट संक्रमित कैलालीको लम्कीचुहा नगरपालिका वाडा नं १ की  पाना बि.क. ११ दिनमै कोरोनालाई जितेर घर फर्केकि छन। थ्रोट स्वाव जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि नयाँ बर्षकै पहिलो दिन बैशाख १ गते उनलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। सुदूरपश्चिममा संक्रमण देखिएकोमा उनी अन्तिम (पाँचौं) संक्रमित हुन। दुई वटा रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिर्चाज गरिएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता तथा आकस्मिक कक्ष बिभाग प्रमुख जगदिश जोशीले बताएका छन।

बीरगंजको वसपार्कमा चिया पसल संचालन गर्ने उनी त्यहाँबाट आएर चैत १८ गतेदेखि कैलालीको लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा वसेकी थिइन्। र्यापिड टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएपछि यि सहित क्वारेन्टाईनमा वसेका ५२ जनालाई चैत २९ गते क्वारेन्टाईनबाट घर पठाइएको थियो। थ्रोट स्वावको जाँच गर्दा पोजेटिभ आएपछि बैशाख १ गते उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको थियो। भने उनी सँगै घर फर्काइएका ५१ जनालाई ल्याएर पुन क्याम्पसमा क्वारेन्टाईनमा राखिएको थियो। लम्की चुहा नगरपालिका प्रमुख महादेव बजगाईले क्वारेन्टाईनमा राखिएका सवैलाई १४ दिनपुगेपछि मात्र छोडिने बताए। उनीहरु ३ दिनपछि घर फर्कने छन।

बीरगंजको वसपार्कमा चिया पसल गर्ने उनी लकडाउनका कारण अलपत्र परेपछि श्रीमान नाती नातिना र आफन्त सहित चैत १७ गते पर्सा जिल्ला प्रशासनले व्यवस्था गरेको वसमा लम्की आएकी थिइन्।

नमुना जाँच गर्दा कोरोना संक्रमणको पुष्टी भएपनि उनलाई शुरुदेखि लक्षण देखा परेको थिएन। रोग निको भएर घर फर्कन पाउदाँ खुशी लागेको उनले बताइन्। अस्पतालवाट कोरोना जितेर सवैभन्दा कम दिनमा उनी घर फर्कन सफल भएकी छन। उनी सँगै सुदूरपश्चिममा कोरोनालाई जितेर घर फर्कनेको संख्या ४ जना पुगेको छ।

 

प्रकाशित: ११ वैशाख २०७७ १३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App