२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

उर्लाबारीको तीन वटा पसलमा आगलागी

मोरङको उर्लाबारी नगरपालिका–९ स्थित दुर्गापुरीका ३ वटा छुट्टाछुट्टै पसलमा सोमबार बिहानका राति आगलागी हुँदा ठूलो क्षति भएको छ।

उर्लाबारी–८ का दयाराम न्यौपानेले नैनसिंह गुरुङको घरमा सटर भाडामा लिएर सञ्चालन गर्दै आएको सुनचाँदी पसलमा आगलागी भएको हो।

सुनचाँदी पसलबाट मध्यराति साढे १२ बजेतिर आगलागी सुरु भएको मोरङ प्रहरीले जनाएको छ। आगोले सुनचाँदी पसलमा १० लाख बराबरको क्षति गरेको छ भने पसलभित्र राखिएको नगद १ लाख जलेको प्रहरीले जनाएको छ। आगलागीबाट घरमा आंशिक रूपमा क्षति हुँदा करिब ७ लाखको क्षति पुगेको अनुमान प्रहरीले गरेको हो।

त्यस्तै, अर्को सटर भाडामा लिएर श्याम न्यौपानेले चलाउँदै आएको न्यौपाने पुस्तक पसलमा ७ लाख बराबरको क्षति भएको र नगद ५ हजार जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, अनिता तिमल्सिनाको युना गिफ्ट फेन्सी पसलमा आगलागी हुँदा २ लाख बराबरको क्षति भएको छ। आगलागीबाट २७ लाख बढीको क्षति भएको र आगलागीको कारण खुल्न सकेको छैन। घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ। दमकल, स्थानीय र प्रहरीको सहयोगमा करिब डेढ घण्टापछि आगो नियन्त्रणमा आएको थियो।

प्रकाशित: २१ आश्विन २०८१ ११:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App