चालु आर्थिक वर्षको चैत्रभित्र दुध किसानको वक्यौता रकम भुक्तानी हुन्छः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले चालु आर्थिक वर्षको चैत्र महिनाभित्र दुध किसानहरुको वक्यौता रकम भुक्तानी हुने बताएका छन। आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट राष्ट्रको नाममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन।