७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

साँझ ५ बजे प्रधानमन्त्रीले गर्नेछन् राष्ट्रका नाममा सम्बोधन

प्रधानमन्त्री पुष्पकमल दाहालले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री दाहालले सरकारको एक वर्षे उपलब्धिसहित राष्ट्रका नाममा आज सम्बोधन गर्न लागेका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार सरकार एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री दाहालले आज सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयबाट साँझ ५ बजे सम्बोधन गर्नेछन्।

वि.सं. २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखी कार्यसम्पादन गरिरहेको छ।

तेस्रो पटक प्रधानमन्त्री बनेका प्रधानमन्त्री दाहालको यो पहिलो एक वर्षे कार्यकाल पूरा भएको हो। यसअघि दुई पटक प्रधानमन्त्री बनेपनि उनको कार्यकाल एक वर्ष पूरा हुन सकेको थिएन।

प्रकाशित: १० पुस २०८० ०१:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App