१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

माओको जन्मजयन्तीमा प्रधानमन्त्रीको शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहालले माओत्सेतुङको जन्मजयन्तीमा श्रद्धासुमन अर्पण गरेका छन्। विश्व सर्वहारा एवं श्रमजीवी वर्गका नेता माओत्सेतुङको १३० औं जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री दाहालले उच्च सम्मानसहित भावपूर्ण श्रद्धासुमन व्यक्त गरेका हुन्।

माओको स्मरण र सम्मान गर्नु आफ्नो देशको मौलिकता र विशिष्टता र मौलिकतासहित क्रान्तिको कार्यदिशा तय गर्नु र निरन्तर क्रान्तिको सिद्धान्तलाई आत्मसातीकरण गर्नु रहेको उनको भनाइ छ।

दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा माओले गर्नुभएको योगदानको संश्लेषण गर्दै हाम्रो पार्टीले माक्र्सवाद–लेनिनवाद–माओवादलाई मार्गनिर्देशक सिद्धान्तका रूपमा आत्मसात गर्दै आएको प्रधानमन्त्री दाहालले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।

उनले मालेमावादको वैचारिक आलोकलाई आत्मसात गर्दै हाम्रो पार्टीको ऐतिहासिक आठौँ राष्ट्रिय सम्मेलनले २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो संश्लेषण गर्दै समाजवादको आधार तयार पार्ने दृढ सङकल्प गरेको भन्दै हामी विशेष रूपमा स्पष्ट हुनुपर्दछ कि क्रान्तिको मोडेल र कार्यदिशा आयात–निर्यात गर्ने विषय नभएर सम्बन्धित देशको विशिष्टता र मौलिकतामा निर्भर रहने बताएका छन्।

आजको सन्दर्भ क्रान्तिनायक माओत्सेतुङ र माओवादी दर्शनबाट लिनुपर्ने विशेष शिक्षा पनि यही रहेको उनको भनाइ छ।

समाजवादी क्रान्तिको सपना बोकेर उच्च बलिदानी गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री दाहालले सम्पूर्ण बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दै घाइते योद्धाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

साथै उनले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित समाजवादको आधार तयार पार्ने राष्ट्रिय कार्यभारमा ऐक्यवद्धता र सहकार्यका लागि न्यायप्रेमी जनसमुदायमा हार्दिक अपील समेत गरेका छन्।

प्रकाशित: १० पुस २०८० ०१:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App