४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चालु आर्थिक वर्षको चैत्रभित्र दुध किसानको वक्यौता रकम भुक्तानी हुन्छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले चालु आर्थिक वर्षको चैत्र महिनाभित्र दुध किसानहरुको वक्यौता रकम भुक्तानी हुने बताएका छन।  आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट राष्ट्रको नाममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन।

 प्रधानमन्त्री दाहालले कृषि क्षेत्रमा दिइँदै आएको अनुदानलाई उत्पादनमा आधारित भएर वितरण गर्ने योजना सरकारको रहेको समेत बताए।

उनले कृषि क्षेत्रको रुपान्तरणका लागि सरकारले २०८१ देखि २०९१ सम्मलाई कृषि क्षेत्रको लगानी दशकको रुपमा अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गरे।

प्रकाशित: १० पुस २०८० १२:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App