मतगणना छिटो गर्न आयोगको निर्देशन
निर्वाचन आयोगले आवश्यक जनशक्तिको व्यवस्था गरी छिटो मतगणना गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।
निर्वाचन आयोगले आवश्यक जनशक्तिको व्यवस्था गरी छिटो मतगणना गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।
पर्वतको मोदी गाउँपालिका २ को मतपरिणाममा विवाद भएपछि मतगणना स्थगित गरिएको छ । काँग्रेसले जितेको एक वडा सदस्य भएपनि सबै एमालेले जितेको घोषणा गरिएको भन्दै काँग्रेसको बिरोधपछि मतगणना रोकिएको निर्वाचन अधिकृत कृष्णप्रसाद शर्माले जानकारी दिए ।
निर्वाचन परिणाम स्वीकार गर्दै अघि बढ्ने र गणनामा धेरै अलमल नगर्ने व्यवहार दलहरूको हुनु आवश्यक छ । कछुवा गतिमा मत परिणाम आउने अहिलेको पद्धति सुधारमा सरकार, आयोग र दलहरूले सशक्त भूमिका निर्वाह गर्नुपर्छ ।
वीरेन्द्रनगर नगरपालिकामा सोमबार दिउँसो २ बजे मतगणना सुरु भयो । साँझ ५ बज्दासम्म जम्मा सय भोटमात्रै गनिसकियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ढिलाइको प्रमुख कारण हो– जटिल मतपत्र र एक ठाउँमा मात्र मतगणना गर्ने दलहरुको अडान।
धादिङको नेत्रावती गाउँपालिकाको मत गणना स्थलबाट ३ थान खुकुरी सहित तीन जना पत्राउ परेका छन्।
स्थानीय निर्वाचन अन्तर्गत जिल्लामा आईतबार सम्पन्न मतदानको मतगणना कार्य शुरु भएको छ। जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकामा मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकारी हिमलाल बेलबासेले बताए। ‘
ललितपुर महानगरपालिकाको २९ वडामध्ये एक वडामा रहेका करिब दुईहजार हाराहारीका मत केलाउन र उम्मेदवारसँग सहमति जुटाउन १८ घण्टा लागेको छ । जम्मा एकलाखको हाराहारीमा मत खसेको अनुमान गरिएका महानगरका २९ वडाको मतदान सकिन चाडो गरेपनि २० दिन लाग्ने भएको छ।
प्रधानमन्त्री पुत्री रेणु दाहाल मेयर प्रत्यासी रहेको भरतपुर महानगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन। सर्वदलीय बैठकमा निर्वाचन केन्द्रको मुचुल्काभन्दा मतपेटिकामा बढी मतपत्र भेटिए के गर्ने भन्ने विषयको विवाद भएपछि भरतपुर महानगरपालिकाको मतगणना सुरु हुन सकेको हो।
लमजुङमा मध्यान्ह देखि मतगणना सुरु भएको छ । मतगणना सुरु भएसँगै बिहानै देखि चासोका साथ नतिजाको प्रतिक्षामा बसेका सर्वसाधारण देखि कार्यकर्ता, उम्मेदवार र नेतासम्म आ–आफ्नो नगरपालिका र गाउँपालिका केन्द्रमा भेला भएका छन् ।
पर्वतका सात वटै स्थानीय तहमा मतगणना सुरु भएको छ । पैंयूमा बिहान ९ बजेदेखि नै गणना सुरु गरिएपनि नतिजा सार्वजनिक गरिएको छैन । पैयूँको १, २, ३ र ४ वडाको छुट्टाछुट्टै गणना सुरु गरिएको छ ।
काठमाडौं महानगरपालिकाको मतगणना रोकिएको छ। सर्वदलीय सहमतिपछि मतगणना सुरु गर्न खोज्दा वडा नम्बर १ को मुचुल्का नभेटिएपछि गणना हुन नसकेको हो। मतपेटिकाबाट पतपत्र खन्याइसकेपछि मुचुल्का खोज्दा नभेटिएको हो।
निलकण्ठ नगरपालिका बाहेक धादिङको सबै स्थानीय तहको मत गणना सुरु भएको छ। राती देखि नै मत गणना सुरु गरेका गाउँपालिकाहरुबाट मत परिणाम पनि आउन थालेका छन्।
काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ। प्रदर्शनीमार्गको राष्ट्रिय सभागृह हलमा मत गणना सुरु भएको हो।
नुवाकोटको २ नगरपालिका र १० गाउँपालिकामा नै मतगणना जारी छ । अन्तिम नतिजा अनुसार नेकपा एमाले तीन र नेपाली काँग्रेस दुई तहमा अगाडि रहेको छ । एमालेले विदुर नगरपालिका, ककनी गाउँपालिका र तारकेश्वर गाउँपालिकामा प्रमुख र उप प्रमुखसहित अग्रता लिएको छ भने नेपाली काँग्रेस तादी गाउँपालिका र शिवपुरी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित अगाडि छ ।