लहान नगरपालिकाको मतगणना पुनः स्थागित
लहान नगरपालिका-५ मा पुनः मतगणनाको माग गर्दै नेपाली कांग्रेसका उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएपछि लहानको मतगणना पुनः स्थगित भएको छ।
लहान नगरपालिका-५ मा पुनः मतगणनाको माग गर्दै नेपाली कांग्रेसका उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएपछि लहानको मतगणना पुनः स्थगित भएको छ।
रौतहटको गरुडा नगरपालिका-३ मा नेपाली कांग्रेसले वडाध्यक्षमा १ भोटले विजय हासिल गरेको छ। कांग्रेसका उम्मेदवार कृष्णकुमार सहनीले ३०८ मत प्राप्त गरी वडाध्यक्षमा विजय हासिल गरेको हुन्।
स्थानीय तह तेस्रो चरणको सोमबार सम्पन्न निर्वाचको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । आठ जिल्लाका १ सय ३६ तहका लागि भएको निर्वाचनमा अधिकांश तहमा प्रमुख राजनीतिक दलबीच नै मुख्य प्रतिस्पर्धा देखिए पनि प्रारम्भिक गणनामा कांग्रेसले अग्रता लिएको हो।
नेपाली काँग्रेसका कार्यकर्ताले मतगणनास्थलमै एमालेका उम्मेदवारसहित दुई जनालाई आक्रमण गरी घाइते बनाएका छन्। वृन्दावन नगरपालिकाको मतगणना भइरहँदा काँग्रेस–एमालेबीच झडप भएको थियो।
सप्तरीका १८ मध्यै ६ स्थानीय तहको मत गणना जारी छ। जिल्लाको तिलाठी कोईलाडी, विष्णुपुर, अग्निसाईर कृष्णावसरण गाउँपालिका तथा सप्तकोसी, खडक र सुरूगां नगरपालिकाको मत गणना सोमवार अवेर राति देखि नै जारी रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ।
जितपुर-सिमरा उपमहानगरपालिकाको मतगणना सुरु भएको छ। सिमरास्थित श्री नेपाल उच्च माध्यमिक विद्यालयमा मतगणना सुरु भएको हो।
नेपाल पत्रकार महासंघको सोमबार भएको निर्वाचनको मतगणना कार्य सुरु भएको छ। पहिले महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा मतगणना हुने भनिए पनि नेपाल प्रज्ञा प्रतिष्ठानमै गणना सुरु भएको हो। मतगणना ६ स्थानमा गर्ने तय भएको छ। ६ वटै ठाउँमा मतपेटिका खोलिएको छ।
केन्यामा गत मङ्गलबार भएको राष्ट्रपतीय आमनिर्वाचनको मतगणना जारी रहदा विवाद सुरु भएको छ।
मत गन्दा गन्दै गणनामा बसेकाहरुले मतपत्र च्यातेका कारण दोहर्याएर मतदान गर्नु परेको भरतपुर वडा नं. १९ को मत गाणनाका लागि विशेष सुरक्षा व्यवस्था अपनाइएको छ। मतगणना स्थललाई जालीले घेरिएको छ। सो वडामा आजै निर्वाचन भएको थियो। तीन हजार ७९७ मतदाता रहेको भरतपुर १९ मा आज दुई हजार ८७० मत खसेको जिल्ला निर्वाचन कार्यालायका प्रमुख हरि ढकालले बताए। यसअघि सो वाडमा दुई हजार ८९७ मत खसेको थियो।
भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ हेर्दाहेर्दैमा सोमबारलाई राखिएको छ। न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा आज सुनुवाइ भएर नसकिएपछि हेर्दाहेर्दैमा भोलिका लागि राखिएको हो।
स्थानीय तह पहिलो चरणको निर्वाचन सम्पन्न भएको तीन महिना ८ दिन पुगेको छ। दोस्रो चरणको निर्वाचन सम्पन्न भएको एक महिना बित्न लाग्यो। २०७४ वैशाख ३१ र असार १४ गते दुई चरणमा स्थानीय निकाय निर्वाचन सम्पन्न भएको थियो।
भरतपुर महानगरपालिकाको मतगणनालाई निरन्तरता दिने कि मतगणना हुन बाँकी वडामा फेरि चुनाव गर्ने भन्ने विषयमा निर्वाचन आयोग अनिर्णीत बनेको छ।
सुनियोजित रुपमा मतपत्र च्यातिएको अवस्थामा पुनः मतदान गराउने नजिर बसालिए भविष्यमा पटकपटक यो विवाद निम्तिएर निर्वाचन हुन नसक्ने वातावरण आउन सक्ने विज्ञले बताएका छन् । पुनः मतदानसम्बन्धी ऐनको प्रावधान स्पष्ट व्याख्यासहित संशोधन गर्न पनि विज्ञले सुझाएका छन् ।
माओवादी बुथ प्रतिनिधिले मतपत्र च्यातेपछि सिलबन्दी गरिएको भरतपुर महानगरपालिकाको मतगणनास्थल कभर्ड हलमा चार दिनअघि लगाएको सिल बिहीबार खोलिएको छ। ४६ जनाको टोली मतगणनास्थल प्रवेश गरेको छ।
सत्ताको आडमा भरतपुरमा बलजफ्ती रुपमा पुनःमतदान गराउने षड्यन्त्र भइरहेको भन्दै नेकपा एमाले चितवन जिल्ला कमिटीले भोलि बिहीबार चितवन बन्द आह्वान गरेको छ।