२७ पुस २०८१ शनिबार
image/svg+xml

भरतपुरमा मतगणना कि पुनःमतदान? निर्णय लिन आयोग बैठक जारी

भरतपुर महानगरपालिकामा माओवादी केन्द्रका बुथ प्रतिनिधिले मतपत्र च्यातेपछि स्थगित भएको मतगणनाबारे निर्णय गर्न निर्वाचन आयोगमा बैठक जारी छ। बैठकमा प्रमुख आयुक्त अयोधीप्रसाद यादबसहित पाँचै जना आयुक्त सहभागी छन्।

भरतपुरमा मतगणना सुरु नगरे आफैँ विजयी घोषणा गर्छौं : एमाले

एमालेको विरोधका कारण बुधबार संसद बैठक अवरुद्ध भएको छ। माओवादी बुथ प्रतिनिधिले पतपत्र च्यातेपछि स्थागित भएको भरतपुरको मतगणना सुचारु गर्न माग गर्दै एमाले सांसदहरुले संसद अवरुद्ध गरेका हुन्।

गणनालाई निरन्तरता दिन एमाले माग

प्रमुख प्रतिपक्षी दल एमालेले सरकारकै संलग्नतामा भरतपुर महानगरपालिकामा मतपत्र च्यात्ने काम भएको दाबी गर्दै गणनालाई निरन्तरता दिन निर्वाचन आयोगसँग माग गरेको छ।

भरतपुरको मतगणना १७ जेठसम्म स्थगित

निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मतगणना जेठ १७ सम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ। मतपत्र च्यातिएको विषय छानवीन गर्न गठित समितिको प्रतिवेदन आएपछि मात्र मतगणना सुचारु गर्ने आयोगले जनाएको छ।

पुनःनिर्वाचन एमालेलाई अस्विकार्य, मतगणना सुचारु गर्न माग

आइतबार मध्यरातमा मतपत्र च्यातिएको विवादपछि स्थागित भएको भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न नेकपा (एमाले) चितवनले माग गरेको छ। एमालेले सो कार्य माओवादी केन्द्रका नेताको निर्देशनमा उक्त पार्टीका द्रोणबाबु सिवाकोटी, मधु न्यौपानले लगायतको संलग्नतामा भएको बताएको छ।

छापामारशैलीमा मतपत्र च्यातिएपछि भरतपुरकाे मतगणना स्थगित (भिडियाे)

अन्तिम अवस्थामा पुगेको भरतपुर महानगरपालिकाको मत गणना आइतबार मध्यरातबाट स्थगित भएको छ। गणना हुँदै गर्दा छापामारशैलीमा मतपत्र च्यात्न थालेपछि मतगणना स्थलको अवस्था तनाब ग्रस्त बन्याे।

भरतपुरमा अब कति मत गणना हुन बाँकी?

भरतपुर महानगरपालिकामा मेयर प्रत्यासीबीच रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ। तीब्र प्रतिस्पर्धाका कारण अन्तिम दुई वटा वडाको मतगणना बाँकी हुँदासमेत मेयरमा को विजयी हुन्छ भनेर भन्न सक्ने अवस्था छैन।

रेणुले मतान्तर घटाउँदा भरतपुरको मत गणना रोमाञ्चक

भरतपुर महानगरपालिकाको पछिल्लो परिणामले मेयर प्रत्यासीबीचको प्रतिस्पर्धा अत्यन्त रोमाञ्चक बनाइदिएको छ। मत गणना भइरहेको १९ नं. वडाको प्रारम्भिक नतिजाले माओवादीकी रेणु दाहालले मतान्तर अझ घटाउँदै ६६४ मा झारेकी छिन्।

रेणुले अझ घटाइन् मतान्तर, भरतपुरको मतगणना रोमाञ्चक मोडमा

भरतपुर महानगरपालिकाको मतगणना अन्तिमतिर आइपुग्दा एमालेका मेयर प्रत्यासी देवी ज्ञवाली र माओवादीकी रेणु दाहालबीचको प्रतिस्पर्धा रोमाञ्चक बनेको छ। २१ नं. वडाको मतगणना भइरहँदा एमालेका देवी ज्ञवालीले ४० हजार ३४३ मतका साथ अग्रता लिइरहेका छन्। ३९ हजार ३३० मतका साथ रेणुले एमालेका ज्ञवालीलाई पछ्‌याइरहेकी छिन्।

भरतपुर मत गणना : एमालेका ज्ञवालीको १५ सय मतको अग्रता

भरतपुर महानगरपालिकाको मत गणनामा मेयर पदका उम्मेद्वार एमालेका देवि ज्ञवाली र माओवादी केन्द्रका रेणु दाहालबीचको मत अन्तर बिहीबारसम्म लगातार घट्दै गएको अवस्थामा शुक्रबारबाट यो क्रम रोकिएको छ । बिहीबार मध्यरातमा घोषणा भएको वडा नं. २४ को अन्तिम नतिजा र अहिले वडा नं. १६ को आधाभन्दा कम मत गन्दा ज्ञवालीले मतान्तरमा केही सुधार गरेका छन् ।

भरतपुर मतगणनाः ज्ञवाली र दाहालबीच १ हजार २३५ मतको अन्तर

भरतपुर महानगरपालिकाको वडा नं. १५ को बिहीबार मतगणना सकिँदा मेयर पदमा एमालेका देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहालको मतान्तर एक हजार २३५ मा झरेको छ। मंगलबार तीन हजार ८३६ मतको अन्तर रहेकोमा बुधबारदेखि मतान्तर लगातार घटेकोघट्यै छ। काँग्रेसको गढ मानिएको सो वडामा नेपाली काँग्रेसका उम्मेद्वारहरु वडाध्यक्षसहित सवै पदमा विजयी भएका छन्।

तीन वटा वडाको गणनापछि ह्‌वात्तै घट्यो दाहाल र ज्ञवालीबीचको मतान्तर

भरतपुर महानगरपालिकामा एमालेको राम्रो मताधार रहेको वडाहरुको मत गणना सकिँदा मेयर पदमा एमालेका उम्मेद्वार देवी ज्ञवालीले बनाएको फराकिलो मतान्तर ह्वात्तै घटेको छ। पछिल्ला तीन वटा वडाको मतपरिणामपछि रेणु दाहालले मतान्तर उल्लेख्य घटाएकी छिन्।

भरतपुरको मत गणना रोमाञ्चक बन्यो, रेणु दाहालले मतान्तर घटाइन्

भरतपुर महानगरपालिकाको जारी मतगणनामा माओवादीकी रेणु दाहालले मतान्र घटाएकी छिन्। वडा नं. १४ को मतगणना भइरहँदा रेणु दाहालको मतअन्तर अघिअघि रहेका एमालेका देवी ज्ञवालीसँग २ हजार ४२८ मा झरेको छ।

चाँगुनारायणको मतगणना साँझ ५ बजे

शुक्रबारदेखि अवरुद्ध चाँगुनारायण नगरपालिकाको मतगणना आज बुधबार अपरान्ह पाँच बजेबाट पुनः सुरु हुने भएको छ।

भरतपुर मतगणनाः वडामा काँग्रेसले अग्रता लिँदा रेणुले घटाउन सकिनन् मतान्तर

भरतपुर महानगरपालिकामा एमालेका मेयर प्रत्यासी देवी ज्ञवाली माओवादीकी रेणु दाहालभन्दा ३ हजार ७१२ मतले अगाडि पुगेका छन्। वडा नं. २७ को मतगणनामा काँग्रेसका वडा अध्यक्ष उम्मेदवार एमालेभन्दा अगाडि छन्। मेयरमा भने रेणु दाहालले मतअन्तर घटाउन असमर्थ देखिएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्