५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

मतगणनाको माग गर्दै एमालेद्वारा चितवन बन्दको आह्वान

भरतपुर महानगरपालिकाको मेयर प्रत्यासी रेणु दाहाल

चितवन—सत्ताको आडमा भरतपुरमा बलजफ्ती रुपमा पुनःमतदान गराउने षड्यन्त्र भइरहेको भन्दै नेकपा एमाले चितवन जिल्ला कमिटीले भोलि बिहीबार चितवन बन्द आह्वान गरेको छ।

मतपत्र च्यात्ने माओवादी बुथ प्रतिनिधि मधु न्यौपाने र द्रोणबाबु सिवाकोटी चितवन प्रहरी हिरासतमै छन्।

'तीन दिन बित्दा पनि मतगणना कार्य अघि नबढाएर सत्ताको आडमा पुनः मतदान गराउने षड्यन्त्र भइरहेको हुँदा जनताको धैर्यताको बाँध टुट्न लागेको छ', एमाले चितवन जिल्ला कमिटी अध्यक्ष कृष्णभक्त पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'जनताको धैर्यताको बाँध टुट्न नदिन तत्काल मतगणना कार्य सुरु गराउने उद्देश्यले सरकार र निर्वाचन आयोगलाई दवाब दिन जेठ १८ गते चितवन बन्दको आह्वान गर्न बाध्य भएका छौं।'

माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्री रेणु दाहाल उम्मेदर रहेको भरतपुर महानगरपालिकामा उनकै दलका दुई कार्यकर्ताले पाँच वटा मतपत्र च्यातेपछि मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले आइतबार मध्यरातदेखि मतगणना स्थगित गरेका थिए।

भरतपुर महानगरपालिका– १९ को मतगणना अन्तिमचरणमा पुग्न लाग्दा माओवादीका बुथ प्रतिनिधिले मतपत्र च्यातेका थिए। पछिल्लो मत परिणामअनुसार महानगरपालिका मेयर पदमा एमालेका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल भन्दा ७३३ मतले अगाडि थिए। मतपत्र च्यात्ने माओवादी बुथ प्रतिनिधि मधु न्यौपाने र द्रोणबाबु सिवाकोटी चितवन प्रहरी हिरासतमै छन्।

मतपत्र च्यातिएपछि मतदान स्थगित गर्दै चितवनका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले प्रतिवेदन निर्वाचन आयोगमा पठाएका थिए। सोही आधारमा आयोगले सोमबार सहन्यायधीवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृहमन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमान सिंह भण्डारी सदस्य रहेको छानबिन टोली गठन गरेको थियो। टोलीले बुधबार नै निर्वाचन आयोगलाई प्रतिवेदन बुझाइसकेको छ।

यस विषयमा निर्णय गर्न प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादबसहित सबै आयुक्तहरुको बैठक निर्वाचन आयोग कान्तिपथमा जारी छ।  मतपत्र च्यात्ने कार्यमा संलग्न सत्तारुढ माओवादी केन्द्रले वडा नं. पुनःमतणनाको माग गर्दै अाएको छ।

प्रकाशित: १७ जेष्ठ २०७४ १२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App