२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भरतपुरको मतगणनास्थललाई जालीले घेरियो

मत गणनास्थलमा पार्टीका प्रतिनिधिहरु छिर्न नसकुन भनेर लगाइएको जाली। फोटो सौजन्य: चक्र रुचाल

चितवन- मत गन्दा गन्दै गणनामा बसेकाहरुले मतपत्र च्यातेका कारण दोहर्‍याएर मतदान गर्नु परेको भरतपुर वडा नं. १९ को मत गाणनाका लागि विशेष सुरक्षा व्यवस्था अपनाइएको छ। मतगणना स्थललाई जालीले घेरिएको छ। सो वडामा आजै निर्वाचन भएको थियो। तीन हजार ७९७ मतदाता रहेको भरतपुर १९ मा आज दुई हजार ८७० मत खसेको जिल्ला निर्वाचन कार्यालायका प्रमुख हरि ढकालले बताए। यसअघि सो वाडमा दुई हजार ८९७ मत खसेको थियो।

                भरतपुरका सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेका अनुसार मतदान सकिएपछि मत पेटीका आउने क्रम सुरु भएको छ । भरतपुरको कभर्ड हलमा मतगाणना हुने छ । साँझ सात बजेसम्म सवै मत पेटिकाहरु आउने घिमिरेले बताए । त्यसपछि दलहरुको बैठक बसेर मत गणना सुरु गर्ने विषयमा निर्णणय हुने छ । निर्णय भए आजै मत गन्न आफुहरु तयार रहेको घिमिरेले बताए।

                मतगणना चली रहँदा जेठ १४ गते मध्यरातमा भरतपुर १९ का मतपत्रहरु च्यातिएका थिए। मतपत्र च्यातेको आरोपमा प्रहरीले माओवादी केन्द्रका गणना प्रतिनिधि भएर बसेका द्रोणबाबु सिवाकोटी र मधु न्यौपानेलाई समाएको थियो । उनीहरु विरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा चलेको छ । वडा नं. १९ को मतपत्र च्यातिएपछि वडा नं. २० को पनि गणना हुन सकेको छैन । २९ वठा वडाहरु रहेको भरतपुरमा अरु २७ वटा वडाको मत परिणाम घोषणा भइसकेको छ।

                मतपत्र च्यातेपछि मतगणना स्थगित भएको थियो । एमालेले तत्काल मतगणना गर्न माग गरेको थियो भने गठबन्धन पक्षधर माओवादी र काँग्रेसले वडा नं. १९ मा फेरि चुनाव गराउन माग गरेका थिए। निर्वाचन आयोगले पनि मतदानकै निर्णय गर्‍यो। सो नियर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट पर्‍यो। अदालतले गएको आइतबार निर्वाचन आयोगकै निर्णय सदर गरेपछि अढाइ महिनापछि दोहर्‍याएर चुनाव भएको हो ।

 

 

प्रकाशित: २० श्रावण २०७४ १२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App