७ आश्विन २०८१ सोमबार
image/svg+xml

मास्क नलगाई घरबाहिर हिँडे कारबाही हुने

मास्क नलगाई घरबाहिर हिड्ने र सामाजिक दुरी कामय नगर्नेलाई कारबाही हुने भएको छ। गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार महामारीको समयमा मास्क नलगाई हिँड्ने र तोकिएको सामाजिक दुरी पालना नगर्नेलाई संक्रमक रोग नियन्त्रण ऐन २०२० अनुसार कारबाही गर्न सबै जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई निर्देशन दिइएको छ।

नेपाल एयरलाइन्सका सात पाइलटलाई कोरोना संक्रमण

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स कर्पाेरेसन) का सात पाइलटलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । चार्टर्ड उडानमा सहभागी चालक दलका सात सदस्यको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको निगमले जनाएको छ।

कोरोनाबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३५ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बागलुङका २९ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । बागलुङको मुसिखोला ३ का २९ वर्षीय ती पुरुषको २१ गते क्वारेन्टिनमा मृत्यु भएको हो ।

‘कोरोनाको कहरसंगै बाढीको त्रासले भोक र निद्रा बिथोलियो’

व्यवस्थित क्वारेन्टिन र आइसालेसन निर्माणमा नहुदाँ कोरोना संक्रमित थपिँदै गइरहेका छन्। संक्रमित थपिएसंगै कोरोना डर पनि बढिरहेको स्थानीय बताउँछन्। स्वास्थ्य मन्त्रालयले अझै संक्रमित बढ्ने भनेसंगै स्थानीय त्रास पनि बढेको छ । कोरोनाको त्रास त छ दै थियो झन अब बाढीको त्रास थपिएको छ ।

१८० जनामा कोरोना संक्रमित थपिँदा २६४ डिस्चार्ज

सोमबार नेपालमा १८० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । कोरोना संक्रमणबाट निको भई घर फर्किनेको संख्या २६४ रहेको छ । योसंगै निको हुनेको संख्या ६ हजार आठ सय ११ जना पुगेको छ ।

कोरोना भाइरसबाट विश्वमा पाँच लाख ३७ हजारभन्दा बढीको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ३७ हजार १०३ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १५ लाख ७७ हजार ९६५ जना संक्रमित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित भएको तेस्रो मुलुक भारत

वर्ल्डओमिटरको तथ्यांकअनुसार सोमबार दिउँसो १ बजेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या ६ लाख ९८ हजार २ सय ३३ पुगेको छ।

विद्यालय क्षेत्रको अवस्था सामान्य बन्दै

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टिनका रुपमा रहेका विद्यालयको अवस्था भारतबाट आउने नागरिकको कमी आएसँगै सामान्य बन्दै गइरहेको छ।

४१ प्रतिशतभन्दा बढी कोरोना संक्रमित निको

नेपालका कुल कोरोना संक्रमितमध्ये ४१.५ प्रतिशत निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आइतबारसम्ममा नेपालमा १५ हजार ७ सय ८४ जना कुल संक्रमित छन्। तीमध्ये ६ हजार ५ सय ४७ निको भएका हुन्। आइतबार २ सय ९३ जना एकदिनको अवधिमा संक्रमित पुष्टि भएका हुन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्थानीय तहबीच बिबाद

कोरोना संक्रमण जोखिम उच्च बन्दै जाँदा समेत कोरोना परीक्षण गर्ने थलो जिल्लामा कतै थिएन ।

सुदूरपश्चिममा कोरोना सङ्क्रमित बढ्दै

सुदूरपश्चिम प्रदेशमा गत एक हप्तामा कोभिड–१९ का एक हजार ३९३ जना नयाँ सङ्क्रमित थपिएका छन्। सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाको तथ्याङ्कका अनुसार गतहप्तासम्म प्रदेशमा कूल सङ्क्रमित दुई हजार ७६ जना रहेकामा शनिबारसम्म सो सङ्ख्या तीन हजार ४६९ पुगेको छ।

कोरोनाले रोक्यो पहेँलो धातुको कालोबजार

विश्वभरका मानिसको दिनचर्या नै फेरिदिएको कोरोना भाइरसका कारण चितवनमा पहेँलो धातु सुनको कालोबजार रोकिएको छ ।

कोरोनाले विदेशमा यो साता १३ नेपालीको ज्यान गयो

कोरोना भाइरसको संक्रमणले विदेशमा यो साता थप १३ जनाको ज्यान गयो। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार युएईमा थप ६ जना, भारतमा ५ जना, ओमानमा १ जना, कुवेत १ जना नेपालीको निधन भएको हो।

रसुवाको नौकुण्डका नौजनाले कोरोना जिते

रसुवाको नौकुण्ड गाउँपालिकाका नौ जनाले कोरोना जितेका छन् । यही असार १३ गते शनिबार कोरोना पोजेटिभ देखिएका उनीहरूको पछिल्लो पटक परीक्षण गर्दा नेगेटिभ देखिएको हो ।

कफीलाई बजार छैन

गएको पुस र माघमा कफीमा देखिएको तुसारो रोगका कारण मारमा परेका कफी व्यवसायी कोरोनाको कारण थप प्रभावित भएका छन्। रोगका कारण ४० प्रतिशतले उत्पादनमा कमी आएको कफी प्रशोधनपश्चात त्यसले बजार नपाउँदा व्यवसायी समस्यामा परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्