६ आश्विन २०८१ आइतबार
image/svg+xml

हिमपातले सकस

हिमाली जिल्ला मनाङको नार र फु (करिब ११ हजार फिट उचाइ) गाउँका बासिन्दा यतिबेला रातिको समयमा माइनस १५ डिग्रीको चिसो खेपिरहेका छन्। दिउँसोमा पनि माइनस ७ डिग्री हुन्छ त्यहाँको तापक्रम। घाम लाग्दा दिउँसोमा चिसो केही कम हुने भए पनि बिहानबेलुका घरबाहिर निस्कन मुस्किल पर्छ।

हिमाली भेगमा घरबाट निस्कन पनि गाह्राे

कोरोनाको डरले यो पटक ती गाउँले सहर झर्नबाट रोकिए । गाउँमै अडिएका दुर्गम गाउँका ती बासिन्दा अहिले ठिहि¥याउँदो चिसोमा मुटु कमाउँदै बसिरहेका छन् । गाउँलेहरु हिमपातको चपेटामा परेका छन् ।

मनाङ र मुस्ताङमा बाक्लो हिमपात (तस्बिर सहित)

हिमाली जिल्ला मनाङ र मुस्ताङको माथिल्लो भेगमा बाक्लो हिमपात भएको त्यहाँका बासिन्दाले बताएका छन् ।

हिउँले सेताम्मे कर्णाली

कर्णाली हिउँले ढाकिएको छ। कर्णालीको जुम्ला, मुगु, डोल्पा, हुम्ला हिउँले ढाकिएका हुन्। कालिकोटका लेकाली क्षेत्रमा समेत हिउँ परेको हो। कर्णालीमा दोस्रो पटक हिउँ परेको हो।

जहाजलाई हिउँको अवरोध

हिमपातका कारण हुम्लाको सिमकोट विमानस्थलमा आइतबारदेखि रोकिएका तारा एयरका दुई जहाजले उडान भरेका छन्। विमानस्थलमा जमेको हिउँ ‘स्नो पुलर’ले पन्छाएपछि तारा एयरका दुई जहाज सोमबार साढे १२ बजे नेपालगञ्जका लागि उडेका थिए।

हुम्लामा भारी हिमपात (तस्बिरसहित)

चिसो बढेसँगै हुम्लामा भारी हिमपात भएको छ। आइतबार अपराह्नबाट परेको हिउँले जनजीवन कष्टकर बनाएको छ।

हुम्लामा हिमपात हुँदा जनजीवन कष्टकर

हुम्लामा आज अपराह्न साढे १ बजेदेखि निरन्तर हिमपात भइरहेको छ । शनिबार बिहानबाट जिल्लाको मौसममा फेरबदल आएसँगै सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा हिमपात हुँदा चिसो अत्यधिक बढेको छ ।

आजदेखि केही दिनसम्म वर्षा र हिमपात हुने सम्भावना छ, सजग रहनुहोला : मौसमविद्

पश्चिमी वायुबाट निम्न चापीय प्रणाली विकास भएकाले आजदेखि केही दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा र हिमपात हुने सम्भवना रहेकाले सजगता अपनाउन मौसमविद्ले सबैमा आग्रह गरेका छन्।

यी तीन प्रदेशमा वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

आज दिउँसो प्रदेश नं १ तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली, कर्णाली र सुदूरपश्चिमी प्रदेशका पहाडी भूभागमा र प्रदेश नं २ मा आंशिक बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

चक्रवातको प्रभाव, हिमपातको सम्भावना

नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा निसर्ग चक्रवात कमजोर हुँदै न्यून चापीय क्षेत्रको प्रभाव देखिएको छ, जसबाट शुक्रबार देशभर मौसम प्रभावित भयो । चक्रवातको प्रभाव शनिबार पनि रहने मौसमविद्हरूले जनाएका छन् ।

चक्रवात ‘निसर्ग’ को प्रभाव: देशभर बदलीसँगै वर्षाको सम्भावना

भारतमा बुधबारदेखि प्रवेश गरेको निसर्ग चक्रवातको प्रभाव अमपुनको तुलनामा नेपालमा बढी देखिने मौसमविद्को अनुमान छ। निसर्ग चक्रवात हाल भारतको अलिवाग नजिकै मुम्बइबाट ७५ किमी र पुणेबाट ६५ किमी टाढा रहेको छ।

मुस्ताङमा हावाहुरीसहित हिमपात, जनजीवन प्रभावित

जाडोयाम सकिने बेला मुस्ताङमा बाक्लो हिमपात भएको छ। हिमपातपछि यातायात, विद्युत् र सञ्चारसेवासमेत प्रभावित भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्