coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जहाजलाई हिउँको अवरोध

‘स्नो पुलर’ले हिउँ पन्छाएपछि तारा एयरका जहाज नेपालगञ्जका लागि उडे

हिमपातका कारण हुम्लाको सिमकोट विमानस्थलमा आइतबारदेखि रोकिएका तारा एयरका दुई जहाजले उडान भरेका छन्। विमानस्थलमा जमेको हिउँ ‘स्नो पुलर’ले पन्छाएपछि तारा एयरका दुई जहाज सोमबार साढे १२ बजे नेपालगञ्जका लागि उडेका थिए।  

आइतबार बिहान नेपालगञ्जबाट उडेको तारा एयरको पहिलो जहाज सिमकोट विमानस्थलमा अवतरणपछि ब्याट्रीमा समस्या देखिएको थियो। ब्याट्री मर्मतका लागि ताराकै अर्को जहाज प्राविधिक टोली ल्याएर दिउँसो साढे एक बजे सिमीकोट अवतरण गरेको थियो। ‘जहाज मर्मत सकेर उडान भर्ने बेला हिमपात सुरु भयो,’ सिमीकोट विमानस्थलका प्रमुख विष्णुप्रसाद अधिकारीले भने, ‘स्नो पुलरले रनवेमा जमेको हिउँ हटाएपछि सोमबार दिउँसो दुबै जहाजले नेपालगञ्जका लागि उडान भरेका हुन्।’ विमानस्थलसहित सदरमुकाममा एक फिटबढी हिउँ जमेको थियो। हुम्लाको तापक्रम माइनस ८ डिग्री सेल्सियस छ।  

हिमपातका कारण हुम्लासहितका हिमाली जिल्लामा हवाई सेवा बन्द भएको छ। हिमपातले हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा चार फिटबढी हिउँ जमेको छ भने जाडो बढेको छ।  

 

 

 

प्रकाशित: २० पुस २०७७ १२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App