१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चक्रवातको प्रभाव, हिमपातको सम्भावना

नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा निसर्ग चक्रवात कमजोर हुँदै न्यून चापीय क्षेत्रको प्रभाव देखिएको छ, जसबाट शुक्रबार देशभर मौसम प्रभावित भयो । चक्रवातको प्रभाव शनिबार पनि रहने मौसमविद्हरूले जनाएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको महाराष्ट्र राज्यको तटीय क्षेत्रको जमिनमा प्रवेश गरेको न्यून चापीय क्षेत्र निसर्ग चक्रवात कमजोर हुँदै नेपालमा प्रवेश गरेको छ ।

महाशाखाकाअनुसार शनिबार प्रदेश १, २, र वाग्मती प्रदेशमा पूर्ण बदली तथा गण्डकी, कर्णाली प्रदेश र प्रदेश ५ मा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेशमा मौसम सामान्यतः सफा रहनेछ । प्रदेश १, २, तथा वाग्मती प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, गण्डकी, कर्णाली प्रदेश र प्रदेश ५ मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

शनिबार राति प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २ र वाग्मतीका केही र अन्य प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार प्रदेश १, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेका महाशाखाले जनाएको छ । महाशाखाले आगामी २४ घण्टा देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै उच्च हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना रहेको जनाउँदै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित: २३ जेष्ठ २०७७ २३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App