१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

यी तीन प्रदेशमा वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

आज दिउँसो प्रदेश नं १ तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली, कर्णाली र सुदूरपश्चिमी प्रदेशका पहाडी भूभागमा र प्रदेश नं २ मा आंशिक बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को थोरै स्थानहरु साथै बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागको १/२ स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै, राती भने प्रदेश नं १ तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहि बाँकी स्थानहरुमा सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका १/२ स्थानहरुमा हल्का हिमपातको सम्भावना हुनुका साथै प्रदेश नं १ का १/२ स्थानहरुमा हल्का वर्षा र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ। 

प्रकाशित: २१ मंसिर २०७७ ०१:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App