८ वैशाख २०८१ शनिबार
फोटो फिचर

हिउँले सेताम्मे कर्णाली

कर्णाली हिउँले ढाकिएको छ। कर्णालीको जुम्ला, मुगु, डोल्पा, हुम्ला हिउँले ढाकिएका हुन्। कालिकोटका लेकाली क्षेत्रमा समेत हिउँ परेको हो। कर्णालीमा दोस्रो पटक हिउँ परेको हो। जुम्लामा आइतवार दिउँसोदेखि बादल  लागेको थियो। अत्याधिक चिसोसँगै रातिदेखि हिमपात भएको हो। सदरमुकाम आसपासका क्षेत्रमा आधा फिट हिउँ जमेको थियो। लेकाली क्षेत्रमा एक देखि डेढ फिट सम्म हिउँ परेको स्थानीय बताउँछन्। हिमपानसँगै यहाँको जनजीवन निकै कष्टकर बनेको छ। लेकाली क्षेत्रमा गाइबस्तुलाई समेत दाना खुवाउनको लागि सकस भइरहेको छ। हिमपातले कृषि बालीमा सिचाइँ गर्न सघाउ पुगेको छ।  

हुम्ला, मुगुलगायत हिमाली जिल्लामा बाक्लो हिमपात भएको हो। हिमपातका कारण हुम्लामा स्थानीयलाई घर बाहिर निस्कन समस्या भएको छ। एक गाउँ देखि अर्को गाँउ सम्म जान समेत कठिन भएको हो ।  बाक्लो हिमपातका कारण हुम्लाको नाम्खा गाउँपालिकाका सबै नाका बन्द भएका छन्। कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्यमध्येको एक रारा हिउँले ढपक्कै ढाकिएको छ। आइतबार रातिदेखि परेको हिँउले राराक्षेत्र कपासले छोपिएजस्तो देखिएको छ। हिमपातसँगै चिसो पनि अत्याधिक बढेको छ।  

कालिकोटमा भारी वर्षासँगै लेकाली भेकहरुमा हिमपात भएको छ। लामो समयदेखि वर्षा नहुँदा चिन्तामा रहेका किसान आइतबार रातभर भारी वर्षासँगै हिमपात भएपछि खुसी भएका छन्। कर्णाली राजमार्गमा गुड्ने सवारी साधनहरु निकै कम छन्। लामो समयदेखि खडेरीको मार खेप्दै आएका जिल्लाका कृषक पुस महिनामा वर्षा र हिमपात भएपछि हिउँदे बाली लगाउने तयारीमा जुटेका छन्।  

पुसमा भएको हिमपातले जिल्लाका स्याउ किसान थप उत्साहित भएका छन्। स्याउ खेतीका लागि चिस्यानको आवश्यकता पर्ने र त्यो चिस्यान हिमपात भएपछि प्राप्त हुने भएकाले जिल्लामा व्यवसायिक स्याउ खेती गरिरहेका किसान उत्साहित भएका हुन्। डोल्पामा पनि हिमपातका कारण जनजीवन निकै कष्टकर बनेको छ। कर्णालीमा उडान भरिरहेका जहाजले उडान भर्न सकेका छैनन्।  हिमपातका कारण कर्णालीका जिल्ला जोड्ने सबै नाका ठप्प भएका छन्। एक जिल्ला देखि अर्को जिल्ला सम्म पुग्न समेत कठिनभइरहेको छ।  

 

खुशी 50%
दुखी 0%
अचम्मित 25%
हास्यास्पद 0%
क्रोधित 25%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App