८ वैशाख २०८१ शनिबार
फोटो फिचर

मनाङ र मुस्ताङमा बाक्लो हिमपात (तस्बिर सहित)

मनाङको हिमपात । तस्बिरः नागरिक

उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको छ । हिमाली जिल्ला मनाङ र मुस्ताङको माथिल्लो भेगमा बाक्लो हिमपात भएको त्यहाँका बासिन्दाले बताएका छन् । हिमपातका कारण चिसो बढेको छ भने दैनिकी पनि प्रभाविन भएको छ ।  

मनाङको तीनहजार मिटर माथि बाक्लो हिमपात भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का मनाङस्थित संरक्षण अधिकृत लेखनाथ गौतमका अनुसार सोमबार बेलुकीदेखि हिउँ पर्न थालेको हो । रातभर र अहिले पनि हिउँ परिरहेको उनले बताए ।

‘झन्डै एकफिट हिउँ जमेको छ । रातभर र बिहानैदेखि हिमपात भईरहेको छ,’ गौतमले भने, ‘चिसो पनि उत्तिकै छ ।’ उनका अनुसार तापक्रम पनि निकै कम छ । रातमा माइनस १५ र दिनमा पनि माइनस एक डिग्रीमा तापक्रम झरेको उनले बताए ।  

मनाङकै मनाङ ङिस्याङ गाउँपालिकाका कर्मचारी चुडाराज खनालले पनि बाक्लो हिमपात भईरहेको जानकारी दिए । ‘आसपासका डाडाँ सेताम्य भएका छन् । अहिले पनि निरन्तर हिमपात भईरहेको छ,’ उनले भने ।  

मुस्ताङको माथिल्लो भेग लोमान्थाङका छेवाङ गुरुङका अनुसार बिहान ४ बजेदेखि हिमपात भईरहेको छ । हिमपातले त्यहँको जनजीवन पनि प्रभावित भएको गुरुङले बताए ।

‘चारइन्च जति मात्र हिउँ जमेको उनले बताए । ‘अझै हिमपातको सम्भावना छ । चिसो पनि निकै नै बढेको छ,’ उनले भने ।  

एक्याप मुस्ताङका संरक्षण अधिकृत तुलसी दाहालले पनि माथिल्लो भेगमा हिमपात भईरहेको बताए । सदरमुकाम जोमसोममा भने अझैसम्म हिमपात नभएको उनले जानकारी दिए ।

प्रकाशित: २१ पुस २०७७ ०६:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App