१२ मंसिर २०८१ बुधबार
image/svg+xml

छुट सुविधाको ७८ क्वीन्टल चामल मात्र बाँकी

बिहीबारसम्मको रेकर्ड अनुसार ९ सय २२ दशमलव ६० क्वीन्टल चामल बिक्री भइसकेको छ। अहिलेकै दरमा बिक्री भएको खण्डमा तिहार, छठसम्म छुट सुविधाको खाद्यान्न अभाव हुने व्यापार कम्पनीले बताएको छ।

धरानमा नेकपा एमालेको दुई कमिटी घोषणा

नेकपा एमाले धरान उपमहानगर कमिटीको विवाद नमिले पछि छुट्टाछुट्टै अधिवेशन गरेको दुई समूहले आ-आफ्नो पक्षको कमिटी घोषणा गरेको छ।

सुस्तामा नेपाल–भारत सीमा छुट्टयाउन माग

सुस्ता बचाउ अभियानकर्मीले नवलपरासीको सुस्ता गाउँपालिका–५ मा नेपाल भारतको सीमा छुट्टयाई जङ्गे पिलर कायम गर्न माग गरेको छ।

कुमारी बैंक र रोडियो क्याफे एन्ड बारबीच सहकार्य

सम्झौतामा बैैंकका मार्केटिङ प्रमुख नविनमुनि बज्राचार्य र बारका निर्देशक सुचित्रा महर्जनले हस्ताक्षर गरेका छन्।

अन्नपूर्ण आधारशिविरका होटलमा आन्तरिक पाहुनालाई ४० प्रतिशत छुट

पछिल्लो समय अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा आन्तरिक पाहुनाको चहलपहल बढेको स्थानीय व्यवसायीले बताएका छन् । आधारशिविरसम्मै पाहुना पुगेपछि त्यहाँ संचालनमा रहेका सबै होटल खुलेका छन । पाहुना आकर्षण गर्न ४० प्रतिशतसम्म छुट पनि व्यवसायीले दिएका छन् ।

मुक्तिनाथका ग्राहकलाई आगन्तुकमा छुट

मुक्तिनाथ विकास बैंकले आफ्ना भिजा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ सेवाग्राहीलाई थप सेवा दिन आगन्तुक रिसोर्ट प्रालिसँग सम्झौता गरेको छ।

सिटिजन्स र द एभरेस्ट होटेलबिच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल र द एभरेस्ट होटेल बानेश्वरबीच छुटसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार सिटिजन्सका कार्डवाहकहरूले एभरेस्ट होटेलका सेवासुविधामा विशेष छुट पाउनेछन्।

सिटिजन्स बैंक र माउन्टेन रिसोर्टबिच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल र तनहुँस्थित बन्दीपुर माउन्टेन रिसोर्टबिच छुटसम्बन्धी सम्झौता भएको छ।

ग्रेटवाल मोटरको लाभ अफर

नेपालका लागि ग्रेटवाल मोटरको आधिकारिक बिक्रेता भिजी इम्पेक्सले दसैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा ६ लाख रूपैयाँसम्मको फाइदा हुने अफर सार्वजनिक गरेको छ ।

रासायनिक मललाई पाँच अर्ब अपुग

माग अनुसारबजेट विनियोजन नहुँदा रासायनिक मलको अझै अभाव हुन सक्ने भन्दै कृषि मन्त्रालयका अधिकारीले चिन्ता व्यक्त गरेका छन्। सरकारले चालु आवमा करिब चारलाख मेट्रिक मल आयात गरेरबिक्री गर्ने योजना बनाएको थियो।

स्पन्ज आइरनमा राजस्व छुट नीतिगत अनियमितताको आशंका

मुलुकका ३० वटा डन्डी उद्योगमध्ये एउटा प्रकृतिका उद्योगलाई छुट दिने र अर्को प्रकृतिका उद्योगलाई थप कर लगाउने अर्थमन्त्री जनार्दन शर्माको निर्णयमा स्पष्टरूपमा कैफियत देखिएको छ।

हदबन्दी छुटको जग्गा बेच्न चलखेल

ऐनको यही प्रावधानका आधारमा गिरीबन्धुलाई अनुमति दिइएको हो। मन्त्रिपरिषद्ले झपास्थित गिरिबन्धु टी स्टेटको जमिन सट्टापट्टा तथा स्थानान्तरण गर्न अनुमति दिएको भए पनि संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले ओली नेतृत्वको सरकारले सो कम्पनीको स्वामित्वमा रहेको जग्गा सट्टापट्टा गर्न दिएको स्वीकृति कार्यान्वयन नगर्न निर्देशन दिएको छ। झापाको गिरिबन्धु टी स्टेट एउटा उदाहरण मात्र हो। मुलुकका ३४ जिल्लामा एक सय ६७ कम्पनी तथा संस्थाले एक लाख ८८ हजार नौ सय ७८ रोपनी जग्गामा हदबन्दी छुट लिएका छन्।

अर्थको ढिलासुस्तीले चिनी अझै महँगिने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत छुटको चिनी आयात गर्न अनुमति माग गरे पनि अर्थले स्वीकृत दिएको छैन। दसैं, तिहारमा चिनी धेरै खपत हुन्छ।

एनएमबिका ग्राहकलाई बिगमार्टमा छुट

एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई इएनएमबी मोबाइल बैंकिङबाट भुक्तानी गरी बिगमार्टबाट समान किन्दा छुट दिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्