सलह प्रतिकिलो २५ रुपैयाँमा खरिद गर्ने नगरपालिकाको निर्णय
सुर्खेतको लेकवेशी नगरपालिकाले कृषकबाट सलह किरा खरिद गर्ने निर्णय गरेको छ ।
सुर्खेतको लेकवेशी नगरपालिकाले कृषकबाट सलह किरा खरिद गर्ने निर्णय गरेको छ ।
बागमती प्रदेश सरकारले प्रदेशभभित्रका जिल्लाका बाढीपहिरो पीडितका लागि घर बनाइ दिने भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलेको अध्यक्षतामा शुक्रबार बसेको प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको बैठकले बाढीपहिरोमा घर गुमाएका पीडितलाई आवास बनाइदिने निर्णय गरेको सामाजिक विकासमन्त्री युवराज दुलालले बताए ।
केवुल अपरेटरहरुले नेपालमा भारतीय न्यूज च्यानल प्रशारण बन्द गरेका छन्। नेपालमा विदेशी च्यानल वितरण गर्दै आएका मल्टी सिस्टम अपरेटरहरुले दुरदर्शन बाहेकका भारतीय न्युज च्यानलहरुको प्रसारण नगर्ने भएका हुन्।
कपिलवस्तुमा अवरुद्ध बनेको हुलाकी सडक निर्माणलाई तीव्रता दिन सडक अतिक्रमण हटाउने निर्णय गरिएको छ ।
सरकारले विद्यालय खोल्ने निर्णय अव्यवहारिक र विभेदपूर्ण भएको गुनासो आएको छ। जिल्लाका अधिकाशं विद्यालयहरु क्वारेन्टिनका रुपमा प्रयोग भैरहेको समयमा स्कुल प्रसाशन खोल्ने निर्णय आफैमा बुद्धिमता पुर्ण देखिदैन। भारत लगायतका विभिन्न स्थानबाट आएका दर्जनौ स्थानियहरुलाई कोरोना छल्न देश भरका विद्यालयहरु क्वारेन्टिनका रुपमा प्रयोगमा आएका छन्।
मन्त्रिपरिषद्को निर्णयले तत्काललाई रुख कटान, संकलन, ढुवानी तथा ओसारपसार कार्य तत्काल रोक्ने र कटान भएका गोलिया तथा काठलाई जहाँ जस्तो अवस्थामा छ, त्यहीँ अवस्थामा राख्न निर्देशन दिएको छ ।
गोरखा नगरपालिकामा एक सय वेडसहित जिल्लाभर एक सय ६५ वेड क्षमताको क्वारेन्टिनसहितको आइसोलेसन बनाउने निर्णय भएको छ ।
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सबैको प्रयासले स्थानीय न्यायिक समितिबाट अधिक लाभ हासिल गरी जनतालाई घरदैलोमै सेवा दिनुपर्ने बताएका छन्। स्थानीय तह न्यायिक समितिको प्रभावकारी कार्यान्वयन र नीतिगत छलफलमा उनले पूर्वाधार, अनुभव, संरचना र कानून तयार नभइ घोषणा भएको न्यायिक समितिलाई सबल तुल्याउनु सबैको दायित्व भएको बताए।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश सांसदहरूले सचिवालयकै निर्देशनको उल्लंघन गर्ने चेतावनी दिएका छन्। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितले स्थायी राजधानी हेटौंडा र नाम बागमती राख्न दिएको निर्देशनको विपक्षमा जाने दाबी नेकपाकै अधिकांश सांसदले गरेका छन्।
साइनोज एसोसिएसन नेपालले बोर्ड तथा होडिङ बोर्ड हटाउने सरकारको निर्णय तत्काल रोक्न माग गरेको छ।
ऐतिहासिक पुसे मेलाको अवसर पारेर ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले दिएको ३ दिनको स्थानीय बिदाप्रति गाउँपालिकाकै प्रवक्ताले आपत्ति जनाएका छन्।
मन्त्रिपरिषद् बैठकले गरेको १७ वटा निर्णय सार्वजनिक भएको छ। बिहीबार सरकारका प्रवक्ता गोकुल बास्कोटाले मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गरेका हुन्।
संवैधानिक परिषद्ले बहुमतका आधारमा निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याउने तयारी सरकारले गरेको छ। संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गरेर पहिलो बैठकमा बहुमतका आधारमा परिषद्ले निर्णय गर्न सक्नेगरी अध्यादेश ल्याउने तयारी भएको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गरेको छ। बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सन्चारमन्त्री गोकुल बाँस्कोटाले सार्वजनिक गरेका १५ निर्णयमा उपनिर्वाचनमा सेना परिचालनदेखि विश्व बैंकको ऋण सहायता स्वीकार गर्नेसम्म रहेका छन्।
अमेरिकाले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट पछि हट्ने गरी मङ्गलबार संयुक्त राष्ट्रसंघसमक्ष औपचारिक रुपमा नै पत्राचार गरेपछि फ्रान्सले सो निर्णयप्रति दुःख व्यक्त गरेको छ।