४ वैशाख २०८१ मंगलबार
समाज

नेपालमा भारतीय न्यूज च्यानलको प्रशारण रोक्ने अपरेटरहरुको निर्णय

केवुल अपरेटरहरुले नेपालमा भारतीय न्यूज च्यानल प्रशारण बन्द गरेका छन्। नेपालमा विदेशी च्यानल वितरण गर्दै आएका मल्टी सिस्टम अपरेटरहरुले दुरदर्शन बाहेकका भारतीय न्युज च्यानलहरुको प्रसारण नगर्ने भएका हुन्।  

मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माका अनुसार अपरेटरहरुले यस्तो निर्णय गरेको बताए। भारतीय च्यानहरुले पछिल्लो समय पत्रकारिताको सामान्य इथिक्स पनि नराखि नेपालका बारेमा विभिन्न अनर्गल प्रचार गर्दै आएका थिए। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत हाउ यान्छीलाई जोडेर कपोकल्पित समाचार समेत प्रशारण गरिरहेका छन्। उनीहरुका समाचारबारे सामाजिक संजालमा चर्को आलोचना भइरहेको छ।  

भारतीय न्यूज च्यानले पत्रकारिताको सामान्य मर्मसमेत नसामाति नेपाल र नेपालीमाथि प्रहार गरेकोले अपरेटरहरुको सल्लाहमा च्यानल बन्द गरिएको शर्माले बताए।

इन्टरनेटबार हुने प्रशारणलाई रोक्नको लागि नीति ल्याउनु पर्ने उनले बताए। 'हामीले च्यानल बन्द गरेर मात्र हुँदैन। अहिले इन्टरनेटबाट समेत प्रशारण हुन्छ। त्यसबाट अफवाह फैलिन्छ। यसको लागि सरकारले नीति ल्याउनु पर्छ,' उनले भने।

प्रकाशित: २५ असार २०७७ १४:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App