१० मंसिर २०८१ सोमबार
image/svg+xml

मनपरी नियमावली बनाई अल्पमतले निर्णय

स्थानीय सरकार गठन भएपछि नगरपालिकाको कार्यपालिकाका बहुमत सदस्यलाई पाखा लगाई अल्पमतले गम्भीर निर्णय गर्न थालेको भन्दै कार्यपालिका नियमावली बदरको माग रिट निवेदनमा गरिएको छ।

संवैधानिक परिषद्का निर्णय सहमतिमा हुनुपर्ने काङ्ग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संवैधानिक परिषद्को बैठकका निर्णय सहमतिका आधारमा हुनुपर्ने सुझाव दिएको छ। काङ्ग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बसेको पार्टी पदाधिकारी बैठकले संवैधानिक परिषद्को बैठकका निर्णय बहुमतीय प्रक्रियाबाट गर्दा संविधानको भावना प्रतिकूल हुने जनाएको हो।

म्हपूजा कात्तिक १२ मा गर्ने मंका खलको निर्णय

नेपाल भाषा मंका खलले नेपाल संवत् अनुसारको नयाँ वर्षको प्रथम दिन कछलाथ्व प्रतिपदाका दिन नै म्हपूजा मनाउने निर्णय गरेको छ। खलका सचिव नरेशवीर शाक्यले जारी गरेको विज्ञप्तिमा आगामी कात्तिक १२ गते कछलाथ्व प्रतिपदाका दिन नेपाल संवत् ११४० तथा म्हपूजा मनाउने निर्णय गरेको जनाएको छ।

यी हुन् सरकारले गरेकाे २६ निर्णय

मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न निर्णय सार्वजनिक भएको छ। बिहिबार सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेका हुन्।

किमाथांका सडकको जिम्मा सेनालाई, ७ जिल्लामा सिडिओ पद घटुवा, हुलाक कर्मचारीको तलब बृद्धि

सरकारले खाँदवारी–किमाथांका सडकको १४ किलोमिटर चट्टानी खण्डको निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ। किमाथांका चीन जोड्ने सीमा नाका हो।

‘राष्ट्रिय गानलाई मुद्दा नबनाउ, हावा नचली पात हल्लेको देखेर छक्क परेको छु’

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राष्ट्रिय गानलाई राजनीतिक मुद्दा नबनाउन आग्रह गरेका छन्।

जम्मु कश्मिरमाथि भारतले गर्‍यो चार ठूला निर्णय

भारतको उत्तरी राज्य कश्मिरमा केही दिनअघि भएको हिंसात्मक विवादपछि भारत सरकारले चार ठुलो निर्णय गरेको छ। उक्त निर्णय अनुसार भारतले काश्मीरलाई दिएको विशेष स्वायत्तता खारेज गर्ने भएको छ। भारतका गृहमन्त्री अमित शाहले सोमबार संसद्‌मा यस्तो घोषणा गरेका हुन्।

मन्त्रिपरिषद्को १९ निर्णयः नागरिकता खारेजदेखि गाउँपालिकाकाे केन्द्र परिवर्तनसम्म

मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ। साउन १६ गते बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरू आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सार्वजनिक गरेका हुन्।

अन्तिम निर्णय

एउटा सम्मान कार्यक्रमबाट भर्खरै घर फर्किएपछि हातमा भएको किताब स्टडी रूममा राखेँ। आज मन निकै हलुका थियो। किताब हेरेँ। हातले सुमसुमाएँ। छोराछोरीले बारम्बार भनेका कुरा सम्झेँ– आमा कति समाजको बारेमा मात्र चिन्ता गरेर लेख्नुहुन्छ ? कहिलेकाहीँ त आफ्नो कथा पनि लेख्नुहोस् न। जसरी हजुर हाम्रो रोल मोडल हो। त्यसरी नै समाजका लागि पनि रोल मोडल हुनुहुन्छ।

‘सरकारको निर्णय कर्मचारीले मान्दिनँ भन्न पाउँछ ?’

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी प्रशासनलाई सुधार गरेर जनमुखी र परिणाममुखी बनाउन सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताएका छन्।

आरोहण बन्द हल्ला मात्रै

पर्वतारोहणका लागि खुला गरिएका चार सय १४ हिमालमध्ये कुनै पनि हिमाल आगामी बर्षमा आरोहणका लागि प्रतिबन्ध लगाउने निर्णय नभएको पर्यटन बिभागले प्रष्ट पारेको छ।

सरकारी निर्णयविरुद्ध सर्वोच्चको आदेश

सर्वोच्च अदालतले विषादी परीक्षणबिना तरकारी तथा फलफूल आयात गर्न दिने सरकारी निर्णय कार्यान्वयन नगर्न नगराउन बुधबार अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले तरकारी आयात गर्ने निर्णयमा संवैधानिक तथा कानुनी प्रश्न उठाउँदै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्