१४ असार २०८१ शुक्रबार
image/svg+xml

पोखरा विमानस्थल ठेक्कामा अख्तियार धाउँदै अधिकारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्कामा अनियमितता गरेको आरोपमा बयान लिएको छ।

जहाज नउड्ने अन्तर्राष्ट्रिय विमानस्थल

सरकारले गौतमबुद्ध र पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई उडान गराउन नसक्दा पर्यटन क्षेत्र समस्याग्रस्त बनेको छ।

बालेन भन्छन्ः 'तिम्रो लागि सँधै रित्तै बस्न मन छ'

नागरिकका लागि सरकारले गरेका कुनैपनि काम र योजना दीर्घकालिन र प्रभावकारी नभएको भन्दै उनले सामाजिक सञ्जालमा कविताको शैलीमा व्यङ्ग्य गरेका छन्।

पोखरा विमानस्थलको कागजात अख्तियारको नियन्त्रणमा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आर्थिक अनियमितता भएको दाबी गर्दै आयोजनाका सबै कागजपत्र नियन्त्रणमा लिएको छ। कात्तिक १२ गते नै अख्तियारले कागजात नियन्त्रणमा लिएको हो। ‘विमानस्थल निर्माणको लागत दोब्बर बनाएको, निर्माणका लागि ठेक्का प्रक्रियामा चलखेल गरेको लगायत विषयमा आवश्यक छानबिनका लागि कागजात नियन्त्रणमा लिइएको हो,’अख्तियार स्रोतले भन्यो।

पोखरा विमानस्थललाई किन ‘बिआरआई’सँग जोड्दैछ चीन ?

नेपालले चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) को सम्झौता नगर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्झौता गरेको भए पनि चीनले पोखरा विमानस्थललाई जबर्जस्ती बिआरआई परियोजनासँग जोड्न थालेको छ।

पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान सिचुआन एयरलाइन्सले भर्ने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ।

पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई एक वर्षसम्म सबै शुल्कमा छुट दिइने

सरकारले पर्यटकीय नगरी पोखरामा नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विभिन्न शुल्कमा शतप्रतिशत छुट दिएको छ।

पोखरा विमानस्थलमा हवाई यात्रु दिनकै ३८ सय

पोखरा विमानस्थलबाट अहिलेसम्मकै सबैभन्दा बढी यात्रु यो पटक ओहोरदोहोर गरेका छन्। एकैदिन ३८ सयभन्दा बढी यात्रु विमानस्थलबाट ओहोरदोहोर गरेको विमानस्थलले जनाएको छ।

पोखरा विमानस्थलः दिनकै ३८ सय यात्रु

‘अहिलेसम्मकै सबैभन्दा धेरै यात्रु यो पटक ओहोरदोहोर गरेका छन्। एकैदिन ३८ सय जना भन्दा बढी यात्रु विमानस्थल हुँदै आउ-जाउ गरे,’ सुवेदीले भने, ‘यसले हवाई यात्रुको संख्या बढिरहेको देखाउँछ।’ सूचना अधिकारी सुवेदीका अनुसार कोरोना भाइरस संक्रमण सुरु हुनुअघि पोखराबाट एकैदिन ३४ सय यात्रु ओहोर-दोहोर गरेका थिए।

भिजिबिलिटी नपुग्दा दुई दिनदेखि पोखराको हवाइसेवा अवरुद्ध

निरन्तरको झरिले पोखराबाट सबै सहरसँगको हवाई सेवा बिच्छेद भएको छ। दुइदिनदेखि पोखराबाट कुनैपनि हवाई उडान हुन सकेको छैन। पोखरामा मंगलबार रातीदेखि सुरु भएको वर्षा अझै रोकिएको छैन। त्यसले गर्दा हवाई सेवा प्रभावित भएको पोखरा विमानस्थलले बताएको छ।

इन्जिनमा समस्या आएपछि उडेको ७ मिनेटमै समिटको जहाज अवतरण

इन्जिनमा समस्या आएको भन्दै पोखरा विमानस्थलबाट मुस्ताङका लागि उडेको समिट एयरको जहाज उडेको ७ मिनेटमै अवतरण गरिएको छ।

वर्षासँगै हुस्सु लाग्दा पोखरा विमानस्थल खुल्न सकेन

बिहानैदेखिको वर्षाका कारण पोखरा विमानस्थल अझै खुलेको छैन। बिहान सवा ६ बजे नै खुल्नुपर्ने विमानस्थल वर्षाका कारण हुस्सु लाग्दा भिजिविलिटी नपुगेर खुल्न नसकेको हो। दिउँसो सबा २ बजेसम्म पनि विमानस्थल नखुलेपछि केही उडान भने रद्द भएका छन्।

‘भूकम्प जाँदा उद्धारमा खटिएको बिर्सन मिल्दैन’

पछिल्लोपटक २०७२ सालको भूकम्पको बेला उद्धार र राहत पुर्‍याउने काममा पोखरा विमानस्थल निकै उपयोगमा आएको थियो।

पोखरा विमानस्थलको आम्दानी अहिलेसम्मकै बढी ११ करोड ५९ लाख

कोरोना संक्रमण सुस्ताएको मौका पारेर आन्तरिक पर्यटकको आउजाउ यतिसम्म बढ्यो की हवाई यात्रामा पनि उत्तिकै भीडभाड थपियो। पर्यटकीय सहर पोखराको विमानस्थल आन्तरिक पाहुनाका कारण अधिकांश दिन व्यस्त बन्यो, त्यस्तै हवाई उडान पनि थपिए। त्यसकै परिणाम स्वरुप पोखराको चालु विमानस्थल अहिलेसम्मकै बढी आम्दानी गर्न सफल पनि भयो।

पोखरा विमानस्थलः भूकम्प जाँदा उद्धारमा खटिएको बिर्सन मिल्दैन

२०७२ को भूकम्पको बेला उद्धार र राहत पुर्‍याउने काममा पोखराको चालु विमानस्थल निकै नै उपयोगमा आएको थियो। अरुबेला नियमित हवाई सेवा दिईरहेको यो विमानस्थलले भूकम्पको बेलामा पनि राहत र उद्धारमा उत्तिकै साथ दियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्