काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सरकारको व्यङ्ग्य गरेका छन्। नागरिकका लागि सरकारले गरेका कुनैपनि काम र योजना दीर्घकालिन र प्रभावकारी नभएको भन्दै उनले सामाजिक सञ्जालमा कविताको शैलीमा व्यङ्ग्य गरेका छन्।
उनले लेखेका छन्,
तिम्रो लागि सँधै रित्तै बस्न मन छ
पोखरा विमानस्थल जस्तै ,
आज जस्तै सित्तै रच्न मन छ ,
सरकारको पूर्णविराम मन जस्तै ,
न त तिम्रो सहारा ,
न त म उडाउँछु,
तिमी रिन जसरि मार ,
म चिन जसरि डुबाउँछु ।
प्रकाशित: २ माघ २०८० ०२:१६ मंगलबार