इन्जिनमा समस्या आएको भन्दै पोखरा विमानस्थलबाट मुस्ताङका लागि उडेको समिट एयरको जहाज उडेको ७ मिनेटमै अवतरण गरिएको छ।
पोखरा विमानस्थलबाट ७ बजेर ५९ मिनेटमा मुस्ताङका लागि उडेको समिट एयरको जहाज पुन: पोखरा विमानस्थलमै अवतरण गरिएको हो।
१८ यात्रु लिएर मुस्ताङ उडेको जहाजको इन्डिकेसन समस्या देखिएपछि जहाज पुन पोखरा विमानस्थलमै फिर्ता गरिएको विमानस्थलले जनाएको छ।
प्रकाशित: १९ भाद्र २०७९ ०३:५७ आइतबार