२९ वैशाख २०८१ शनिबार
image/svg+xml

रोल्पा घटनाले सिकाएको पाठ: बल्ल कैदीबन्दीलाई फोटोसहितको परिचयपत्र

गत जेठ ४ गते रोल्पा कारागारको शौचालयमा एक कैदी झुन्डिएको अवस्थामा फेला परे। कारागार कार्यालयका अनुसार ती कैदी सुर्खेतको बराहताल गाउँपालिका–१ का २७ वर्षीय विजयविक्रम शाह थिए। हातहतियार तथा खरखजाना मुद्दामा पाँच वर्ष कैदको सजाय भुक्तान गर्दै थिए।

रोल्पा नगरपालिकाको बजेट ७९ करोड

नगर प्रमुख सुरेन्द्र थापा घर्तीमगरले शिक्षाको विकासमा ध्यान दिने गरि योजना ल्याइएको बताए। नगरभित्रका सबै वडामा समान विकास योजना ल्याउन बजेट विनियोजन गरिएको जनाइएको छ।

महिला मृत फेला, सर्पले टोकेको आशंका

रोल्पा सदरमुकाममा रहेको घरेलु तथा साना उद्योग कार्यालयमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

सरकारी बेवास्ता र निर्माण व्यवसायीको ढिलासुस्तीले बन्न सकेन रोल्पा अस्पताल

तीन वर्षमा सम्पन्न गर्ने गरी २०७४ साल असोज ३० गते सम्झौता भएको रोल्पा अस्पताल भवन निर्माण अलपत्र अवस्थामा छ। २०७७ असोज २९ मा सक्नुपर्ने उक्त आयोजना पूरा गर्न पहिलोपटक २०७८ जेठ २९ सम्म नौ महिना म्याद थप भएको थियो।

मानसिक रोग जटिल तथा लुकेको समस्या होः डा. प्रतिभा

दाङ स्थायी घर भएकी २६ वर्षीया डा. प्रतिभा सुवेदीसँग रोल्पा अस्पतालको दुई वर्षे बसाई सकेर जादै गर्दा रोल्पाको स्वास्थ्य अवस्था र उनको अनुभवका बारेमा गरिएको कुराकानी:

सडकबाट लडेर एक जनाको मृत्यु

रोल्पामा सडकबाट तल लड्दा एकजनाको मृत्यु भएको छ। लुङग्री गाउँपालिका ३ सिमिगिठा बस्ने ५५ वर्षीय नन्दे घर्तिमगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

रोल्पाका जनप्रतिनिधिले लिए सपथ

रोल्पा जिल्लाका नवनिर्वाचित पालिका प्रमुखहरुले बिहिबार एक कार्यक्रमका बीच सपथ ग्रहण गरेका छन्।

मानवीय विकासमा जोड दिनेछुः नगर प्रमुख

यतिबेला अन्य तहले जस्तै रोल्पा नगरपालिकाले पनि नयाँ नगर प्रमुख पाएको छ। नगरबासीले ठूलो अपेक्षाका साथ उनलाई भारी मतले विजयी बनाएका हुन्।

रोल्पाको त्रिवेणी गाउँपालिकामा एमाले र काँग्रेस गठबन्धन विजयी

रोल्पाको त्रिवेणी गाउँपालिकामा एमाले/कांग्रेस गठबन्धनले जितेको छ। अध्यक्षमा एमालेका कर्णबहादुर वाठा मगरले ५ हजार ८५ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी माओवादीका रेशम पुनले ४ हजार ४ सय ६३ मत ल्याए।

रोल्पाको होलेरीमा कांग्रेस विजयी

रोल्पाको होलेरीमा रहेको रुन्टीगढी गाउँपालिकामा कांग्रेस विजयी भएको छ। अध्यक्षमा कांग्रेसका जनक बुढाले ४ हजार ३ सय ९१ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी माओवादीका गोबिन्द पुनले ३ हजार ७ सय ८ मत ल्याए।

रोल्पा नगरपालिकामा माओवादी विजयी

मेयरका माओवादी उमेद्वार सुरेन्द्र थापार्घीले ७ हजार ६ सय ३ मत ल्याउदा उनका निकटतम प्रतिद्धन्ती कांगे्रसका शेरबहादुर थापाले ३ हजार ६ सय ५८ मत ल्याएका छन्।

रोल्पामा माओवादी अग्रता: ७ वडा माओवादी र १ वडामा कांग्रेस विजयी

रोल्पामा मतगणना सुरु भएका अधिकांश स्थानीय तहमा माओवादीले अग्रता लिएको छ। जिल्लाको एक मात्र नगरपालिकामा माओवादीका सुरेन्द्र थापाघर्तीले ७ सय ८६ मत ल्याउँदा कांग्रेसका शेरबहादुर थापाले ३ सय २१ र एमालेका घनस्याम आचार्यले ४८ मत प्राप्त गरेका छन्।

रोल्पामा कांग्रेसले जितको खाता खोल्यो

रोल्पामा नेपाली कांग्रेसले जितको खाता खोलेको छ। गंगादेव गाउँपालिका वडा न. १ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार अमृतबहादुर ओलीले विजयी सुरुवात गरेका हुन्।

रोल्पामा ३० प्रतिशत मतदान

रोल्पामा मध्यान्ह १२ बजेसम्म ३० प्रतिशत मतदान भएको छ। अहिले ८१ मतदान स्थलका १ सय ७३ मतदान केन्द्रमा मतदाताहरुले घोट खसालि रहेका छन्।

रोल्पाली चुनाव: विगत र वर्तमान

रोल्पा २०१८ सालमा सल्यान, रुकुम र प्युठानबाट चोइटाएर बनेको जिल्ला हो। यहाँबाट २०१५ सालमा गजुलका खडानन्द सुवेदीले क्षेत्र नं ७३ बाट जितेर प्रतिनिधित्व गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्