३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

मानवीय विकासमा जोड दिनेछुः नगर प्रमुख

यतिबेला अन्य तहले जस्तै रोल्पा नगरपालिकाले पनि नयाँ नगर प्रमुख पाएको छ। नगरबासीले ठूलो अपेक्षाका साथ उनलाई भारी मतले विजयी बनाएका हुन्। माओवादी द्वन्द्वताका पुरै समय भूमिगत बसेका नवनिर्वाचित मेयर सुरेन्द्र थापा घर्तीको काधमा अवसरसँगै चुनौती पनि प्रयाप्त छन्।

बुवा करबिर थापा घर्ती र आमा बैशरुपी थापा घर्तीको कोखबाट वि.सं. २०२२ माघ २५ गते जन्मिएका उनले उच्च शिक्षा भारको दिल्ली विश्व विद्यालयबाट सकाएका हुन्। पढाइ सकेर २०४६ तिर नेपाल फर्केका सुरेन्द्रले २ वर्ष बढी स्थानीय बालउदय मावि माडिचौरमा शिक्षण पेसा गरे। बुवा इण्डियन आर्मी भएकाले उनको बसाई करिब दुई दशक भारतमा भयो।

२०४६ बाट नेकपा मशालको कार्यकर्ता बनेका उनी एकता केन्द्र हुँदै जन्मेको माओवादीमा लागे। भूमिगत हुनु अगावै राजनितिक पूर्वाग्रहले २०५२ असार २० गते ज्यान मार्ने उद्योगको झुट्टा मुद्दा लागेपछि पूर्पक्षका लागि भन्दै ३० महिना जेल बसे। ‘स्कुल पढाउथे। उत्तर पुस्तीका लिएर लिवाङ आएको बेला पक्राउ परे।’ सुरेन्द्र भन्छन् ‘मुद्दा हाल्नेले नै पछि यो हैन रै छ भने पछि छुटे।’

शिक्षण पेशा गर्दै गर्दा अर्का शिक्षक तथा हालका माओवादी नेता कृष्णबहादुर महराबाट दिक्षित उनी जेल रिहाइ भएपछि भूमिगत भए। जंकोट गाउँ जनसरकार प्रमुख हुदै २०५७ सालमा जिल्ला सेक्रेटरी भएका उनलाई त्यसपछि कहिल्यै पाटिमा पद बाहिर बस्नु परेन। क्रान्तीकारी जिल्ला जनपरिषद्को जिल्ला संयोजक, जिल्ला जनसरकार उपप्रमुख हुँदै २०७० देखि हालसम्म निरन्तर जिल्ला अध्यक्षका रुपमा छन्।

युद्धताका घर्ती गाउँ र खाराका ठूला लडाइँ प्रत्यक्ष भोगेका सुरेन्द्रसँग साना तिना दर्जनौ भिडन्तका अनुभव छ। युद्धकाल भर राजनितिक तथा सांगठनिक फाटमाकाम गरेका सुरेन्द्र जेल सुधार समिती बनाएर त्यसको नेतृत्व पनि गरेको बताउँछन्। अत्याधिक बहुमतसँगै भारी मतले निर्वाचन जितेका उनी क्रान्तीको मर्म अनुसार सरकार चलाउने सोचमा छन्।

‘जनताले जिताएर नगरप्रमुख बनाए पछि जनताको सेवा गर्नुको विकल्प छैन। पहिलेका जनप्रतिनिधिले सुरु गरेका राम्रा कामलाई निरन्तरता दिनेछु। चुनावको बेला बनाएको १६ बँुदे घोषणा पत्र पनि पूरा गर्छु।’ नगरप्रमुख सुरेन्द्रले भने ‘पहिलो टिमले विकासको आधार तयार गरेको छ। भौतिक विकास करिब करिब पूरा भएको छ। त्यसलाई स्तरउन्नती गरे पुग्छ। अब हामीले मानवीय विकासमा जोड दिनेछौ।’

लामो समय राजनीति गरेका उनी सबैलाई मिलाएर लैजाने बताए। ‘शिक्षा, स्वास्थ्य, कृर्षि, पशुपालन र रोजगारीलाई प्राथमिकतामा राख्दै उत्पादनमा अनुदान समेतको सोच बनाएको छु।’ उनी भन्छन्, ‘विद्यालयलाई मोडेल बनाएर लैजानुको विकल्प छैन।’ रोल्पा नगरपालिका अन्र्तगतका १० वडा मध्य ९ वटा वडासहित भारी बहुमतमा रहेका मेयर सुरेन्द्र थापा घर्तीसँग चुनौती भन्दा पनि अवसर धेरै रहेका जानकारहरु बताउँछन्।

प्रकाशित: ४ जेष्ठ २०७९ ०५:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App