३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

रोल्पा नगरपालिकाको बजेट ७९ करोड

रोल्पा नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ७९ करोड ८० लाख रुपैयाँको बजेट ल्याएको छ। नगरपालिकाले विगतको विकास योजनाको समीक्षा गर्दै शिक्षा, स्वास्थ्य, जनचेतना र कृषिको विकासमा जोड दिएको बताएको हो।  

नगर प्रमुख सुरेन्द्र थापा घर्तीमगरले शिक्षाको विकासमा ध्यान दिने गरि योजना ल्याइएको बताए। नगरभित्रका सबै वडामा समान विकास योजना ल्याउन बजेट विनियोजन गरिएको जनाइएको छ।  

‘शिक्षाको जग बलियो बनाउदै बिद्यालय स्तरको शिक्षामा बढि ध्यान दिदै माथिल्लो तहमा पनि सुधार गर्ने गरि योजना ल्याईएको छ।’ घर्तीमगरले भने, ‘माबिका स्थायि शिक्षकलाई प्रअका रुपमा जिम्मा दिने गरि सरुवा सुरु गर्ने योजना छ। अल्पकालिन मात्र नभएर दीर्घकालिन योजना बनाउछौ।’

अघिल्लो नगरसभामा ८० करोड २ लाख रुपैयाँको बजेट पेस गरिएको थियो, जसमध्ये हालसम्म ५० करोड खर्च भएको छ। यो पटक चालु खर्चतर्फ ४७ करोड ७ लाख र पुँजीगततर्फ ३२ करोड ७३ लाख विनियोजन गरिएको छ। रोल्पा नगरपालिकाले यसपटकको नीति कार्यक्रम एवं बजेटमा सामाजिक विकासका योजनामा जोड दिएको जनाएको छ।

प्रकाशित: १५ असार २०७९ ११:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App