११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रोल्पाका जनप्रतिनिधिले लिए सपथ

रोल्पा जिल्लाका नवनिर्वाचित पालिका प्रमुखहरुले बिहिबार एक कार्यक्रमका बीच सपथ ग्रहण गरेका छन्।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश दिलिपराज पन्तले उनीहरुलाई सपथ गराएका हुन्। रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्ती, सुनिलस्मृती, लुङग्री, सुनछहरी, रुन्टीगढी, माडि, गंगादेव, परिवर्तन र थवाङ गाउँपालिका प्रमुखले एकमुस्ट सपथ ग्रहण गरेका हुन्।

त्यसैगरी रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्तीले १० उपमेयर, वडाका वडा अध्यक्ष र सदस्यहरुलाई पनि एकमुस्ट सपथ ग्रहण गराएका छन्। नगरपालिकाको हलमा एक औपचारिक कार्यक्रमका बीच सपथ ग्रहण गराइएको थियो।

प्रकाशित: ५ जेष्ठ २०७९ ११:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App