२४ वैशाख २०८१ सोमबार
image/svg+xml

दक्षिण कोरियामा ३३ हजार दुई सय ४८ कोभिड १९ का नयाँ सङ्क्रमित

कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए) का अनुसार अघिल्लो दिनको तुलनामा ११ हजार ४० ले बढेको थियो। एक हप्ताअघि १५ हजार ४ सय ६६ भन्दा बढी थियो।

तीन वर्षमा चार सय ५४ जनाले गरे आत्महत्या

जिल्ला प्रहरी कार्यालय बर्दिया सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा आइतबार आयोजित ‘विश्व आत्म हत्या रोकथाम दिवस’मा तीन वर्षको आत्महत्या गरेको तथ्यांक सार्वजनिक गरिएको हो।

अपराध नियन्त्रण र रोकथामका लागि प्रहरीको प्रदेशस्तरीय गोष्ठी

प्रविधिको विकाससँगै समाजमा फरक प्रकृतिका अपराधको घटना बढ्न थालेपछि नियन्त्रण तथा रोकथामका लागि नेपाल प्रहरीले आफ्नो सक्रियता बढाएको छ।

मङ्कीपक्स संक्रमितको संख्या ७ सय नाघ्यो, समलिङ्गी पुरुषसँग यौन सम्बन्ध राख्नेहरु संक्रमित

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले शुक्रबार बताएअनुसार अमेरिकामा २१ सहित विश्वभर मङ्कीपक्स संक्रमितको संख्या ७ सय भन्दा बढी पुगेको अमेरिकी अनुसन्धानले देखाएको छ।

‘विहेबारी बीस वर्षपारी’

स्थानीयतहले तथ्याङ्क सङ्कलन गरेर बालविवाह हुनुको कारण बारेमा पहिचान गर्ने छ। यो अभियानमा जनप्रतिनिधि, कर्मचारी र गाउँपालिकावासी जागरुक भएर लाग्नुपर्ने बेला आइपुगेको छ। शिक्षक, कर्मचारी,जनप्रतिनिधिबाटै बालविवाहलाई प्रोत्साहन दिने काम भइरहेको छ।

ओमिक्रोन भित्रिन नदिन सीमा नाकामा उच्च सतर्कता

भारतसँग सीमा जोडिएको त्रिवेणी भन्सारमा उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सूर्तीजन्य पदार्थका रोकथामका लागि पहल गर्छु: मन्त्री खतिवडा

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य पत्रकारमञ्च नेपालले सयुक्त रुपमा आयोजना गरेको ‘सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन’ सम्बन्धी बहुपक्षित पैरवी बैठकका उनले कुनै उपाय अपनाएर भए पनि सूर्तिजन्य पदार्थको सेवनमा रोकथाम र नियन्त्रण गर्न पहल गरिने जानकारी दिए।

सरकारका सय दिन: महामारी नियन्त्रणदेखि आर्थिक विकासका प्रयाससम्म

यो अवधिमा सरकारले गरेका धेरै कार्यमध्ये कोभिड–१९ को रोकथाम तथा नियन्त्रण उल्लेखनीय देखिएको छ। देउवा सरकारले आफ्नो प्रमुख प्राथमिकतामा राखेर कोरोनाको रोकथाम, नियन्त्रण र उपचार गरेपछि अहिले कोरोना संक्रमण लगभग नियन्त्रणको चरणमा पुगेको छ।

जाग्दै किशोरी, भाग्दै विकृति

पहिले गोठको एक कुनामा बसेर गाइवस्तुसंग रात बिताउन बाध्य महिला अहिले घरको एक कुनामा सुरक्षित बस्न थालेका छन्। पहिले पेटमै हुँदा छोरी दिने चलन हटेको छ। बाल शोषणका क्रियाकलापमा कमी आएको छ। साजनाले भनिन्,‘अब समाजमा सचेतना पुगिसकेको छ। कानुनका कुरामा कडाइ गर्न जरुरी छ। अहिले सम्म जनचेतना भयो। अब कानुनी प्रक्रिया पनि निकै कडाका साथ अघि बढाउनुपर्छ। यी सबै खाले विकृति पूर्ण रुपमा अन्त्य हुनेछन्।’

लुम्बिनी प्रदेशमा बजेट ल्याउन विलम्ब

यसभन्दा अघिल्लो सरकारले दर्ता गराएको प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता लिएको प्रदेश सरकारले नयाँ बजेट ल्याउन विलम्ब गरेको छ। लुम्बिनीमा सरकार परिवर्तनसँगै सरकारले पूर्णता नपाउँदा गठबन्धन सरकारले बजेट ल्याउन विलम्ब गरेको हो।

छत्रपाटी चिकित्सालयको नयाँ भवन शिलान्यास

छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ भवन निर्माण शिलान्यास गरिएको छ। बुधबार काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले भवनको शिलान्यास गरेका हुन्। त्यस अवसरमा प्रमुखसहित उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष नवीन मानन्धर र अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले भूमि पूजन गरेका थिए।

कर्णाली प्रदेश: बाह्य पहुँच र खुलापन बढाउँदै संसदीय समिति

कर्णाली प्रदेशसभाअन्तर्गतको सामाजिक विकास समितिले भने नियमित कार्यक्षेत्रअन्तर्गतका कामका अतिरिक्त बाह्य पहुँच र खुलापनतर्फ आफ्नो सक्रियता बढाउँदै आएको छ।

खोटाङ सेवा समाज यूकेले उपलव्ध गरायो थप १३ लाखको स्वास्थ्य सामग्री

खोटाङ सेवा समाज यूकेले यूकेमा गाँस काटेर जुटाएको रकमबाट कोभिड–१९ को महामारीका विरुद्ध प्रयोग हुने आवश्यक स्वास्थ्य सामग्री खरिद गरेर पठाएको हो। कोभिड-१९ को संक्रमणबाट बाँच्न र बचाउनका लागि पहिलो र दोश्रो चरणमा गरी जिल्लालाई २४ लाख ६० हजारको स्वास्थ्य सामग्री उपलव्ध गराइएको खोटाङ सेवा समाज यूकेका महासचिव भोलाबिक्रम राईले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्